एक सय चार जनाले रक्तदान गरे

चितवन, १८ वैशाख । रत्ननगर १५ मा रहेको दिग दर्शन युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय चार जनाले रक्तदान गरेका छन् ।
रगतको बढ्दो अभावलाई परिपूर्ति गर्दै सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक वालकृष्ण पोखरेलले जानकारी दिए । क्लबले विभिन्न चाडपर्वहरुमा कार्यक्रम तथा अन्य टोलमा हुने विकासका कामहरुमा सहभागिता जनाउँदै आएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार केन्द्र चितवन शाखाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजन गरिएको संयोजक पोखरेलले बताए ।
क्लबले आगामी दिनदेखि प्रत्येक ६÷६ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।