युवा नेता भट्टचनले खोल्दै छन्, गैडाकोटमा रेष्टुरेन्ट, सर्भीस सेन्टर र फन पार्क सहितको पेट्रोल पम्प

प्रकाश सिग्देल
नवलपरासी, ७ असोज । चितवनसगँ सिमाना जोडिएको गैडाकोटमा नेपालकै नमुना पेट्रोल पम्प निमार्ण हुने भएको छ ।
विस्तारै सहरको रुपमा विकास हुदै गरेको ४ नम्बर प्रदेशको मुख्य नाका मानिएको गैडाकोटमा आधुनिक र निकै सुविधासम्पन्न पेट्रोल पम्पको सिलन्यास भएको हो ।
समाजसेवी तथा उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनले करिब ७ करोडको लागतमा रेष्टुरेन्ट, सर्भीस सेन्टर र फन पार्क सहितको निकै सुबिधा युक्त पेटोल पम्प निमार्णको सुरुवात गर्न लागेका हुन् ।
लामो समय तरुण दल नवलपरासीका अध्यक्ष भई संगठन लाई निकै कुशलताका साथ हाकेका भट्टचनले उद्योग र व्यवसायबाट मुलुकको विकास सम्भव रहेकाले आफुले ब्यवसाय तिर हात हालेको बताए ।
बदलिदो विश्वमा अन्तराष्ट्रिय जगतसंग प्रतिस्पर्धा गर्ने टेक्नोलाजीको विकास गरी व्यवस्थीत र आधुनिक तवरले व्यवसाय गर्न सके मात्रै अहिले व्यवसायमा सफल हुने भएकाले आफुले पनि निकै सुबिधायुत्त नमुना पेट्रोल पम्प निमार्ण थालेको उनी बताउछन् ।
करिब ४ महिनामा पम्प निमार्ण कार्य पुरा हुने उनले बताए । श्री मौलाकाली आयल सप्लायर्सको नामबाट पम्प सञ्चालन हुने छ ।
पम्प सबै सवारी चालक र यात्रुहरुको पहिलो रोजाईमा पर्ने उहाले दावी छ ।
राजनितीसंगै व्यवसायलाई पनि अगाढी बढाउन सके राजनितीमा ईमान्दारीता आउने र जनताको हितमा निस्वार्थभावनाले काम गर्न सहज हुने उनको ठहर छ ।
भट्टचन उद्योग वाणिज्य संघको अध्यक्ष भएसंगै गैडाकोट र समग्र नवलपरासी क्षेत्रको विकासमा निकै धेरै र सफल काम गरेका छन् ।
गैडाकोटमा उनलाई कुशल र र्ताकिक सामाजिक नेताको रुपमा चिन्ने गरिन्छ । भट्टचन युवारुका प्रेरणाका स्रोत समेत हुन् ।

Single News Button

Nepali Calendar