३० करोडको गड्यौला मल उद्योग यसरी थन्कीयो गोदाममा (फोटोफिचर)

राजेन्द्र  /प्रकाश
चितवन, असोज १८ । राज्यको नीतिगत समस्याका कारण करोडौ मुल्य बराबरको कम्पोष्ट मल गोदाममा थुप्रिएको छ ।
सरकारले अर्गानिक उत्पादनलाई प्रवृद्धन गर्ने निति लिएपनि रासायीनिक मलको प्रयोग घटाउने तर्फ ध्यान दिन नसक्दा नेपाली उद्योगीले नेपालकै कच्चापदार्थ बाट निमार्ण गरेको कम्पोष्ट तथा जौविकमलको प्रयोग हुन नसकेको हो ।
राज्यकै यस्तै गैर जिम्मेवार प्रवृतिको शिकारमा परको छ भरतपुर महानगरपालिका वडा नम्बर १६ शरणपुरमा रहेको दिव्या अर्गानिक फर्टिलाइजर कम्पनी प्रा. लि. जसले विगत केहि वर्ष देखी उत्पादन गर्दै आएको करोडौ मुल्य बरावरको भ्रमीगं कम्पोष्ट मल गोदाममा थुप्रिएको छ ।
तीस करोड रुपैयाँ लगानीमा २०६७ साल बैशाखमा स्थापना भएको दिव्या अर्गानिक फर्टिलाइजर कम्पनी प्रा. लि. ले द हजार मेट्रिक टनभन्दा बढी जैविक मल उत्पादन गरिसकेको छ ।
बाबुराम भट्राई प्रधानमन्त्री भएका बेला कम्पोष्ट मलमा राज्यले किसानलाई अनुदान दिने निति लागु भएपछि अर्गानिक उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्य अनुरुप स्थापना भएको उद्योग ले यतिबेला आफ्नो उत्पादन किसान माझ पुर्याउन पाएको छैन् ।
सरकारले कम्पोष्ठ मलको प्रयोगमा बढुवा दिदै आफनै कच्चा पदार्थको प्रयोग गरी अर्गानिक उत्पादन बढाउनुको साटोे कमिशनको चक्करमा रासाईनिक मलनै आयात गर्न अग्रसर भएकाले कम्पोष्ठ मल उत्पादन गर्ने उद्योगीहरु मारमा परेको उद्योगका सन्चालक नरेन्द्र गीरीले बताए ।
कम्पनीको गोदाममा अहिले आठ हजार मेट्रिक टन जैविक मल मौज्दातमा छ । केही किसानले प्रतिकेजी २० रुपैयाका दरले गोदाममै आएर मल लाने गरेको र घेरै मात्रामा मलको बिक्री नहुदा समस्या भएको बताउछन् ।
सरकारले कम्पोष्ठ मलमा अनुदान दिने हो भने किसानले प्रतिकेजी १० रुपैया भन्दा कम मुल्यमानै आफनो मल पाउने हुदा किसानको हितका लागी यो मलमा अनुदान दिनु पर्ने उनी बताउछन् ।
यो मल हालेमा माटोको उत्पादन शंक्ति बढ्ने, अर्गानिक उत्पादन हुनुका साथै रासाईनिक मल खरिदकै नामका बार्षिक अरवौ रुपैया विदेश पठाउनु नपर्ने उनको भनाई छ ।
भर्मीकम्पोस्ट मल उत्पादन प्रकृया बुझ्न २०६५ साल माघमा भारतको लुधियाना पुगी त्यहाँ गोबर र अन्य जैविक फोहोरको थुप्रोमा गँड्यौला पालन गरेको देखेपछी आफुले यसमा हात हालेको उहाको भनाई छ ।
गाई भैसीको गोबर र जैविक फोहोरलाई सिमेन्टबाट बनाएको च्याम्बरमा हाल्ने र त्यसमा गड्यौला हालेपछी गड्यौलले खाएर ६० देखि ९० दिनमा जैविक मल तयार पार्ने उद्योगका म्यानेजर पौडेलले बताए ।
गँड्यौलाको लागि ४५ वटा टहराभित्र चार सय ८५ वटा च्याम्बर बनाईएको छ ।


चितवनमा महंगो भएपछी काठमाडौँबाट प्रतिकिलो चार रुपैयाँमा गोबर ल्याउने गरेको गिरी बताउछन् ।
उनका अनुसार, चार किलो गोबरबाट एक किलो जैविक मल निस्कन्छ । जैविक मलको उत्पादन लागत १८ रुपैयाँ प्रतिकिलो पर्न आउछ ।
उनका अनुसार उत्पादित जैविक मलमा नाइट्रोजन एक दशमलव पाँच, पोटास शुन्य दशमलव पाँच, फोस्फोरस एक दशमलव पाँच र चिसोपना (मोइस्चर) ३० देखि ४० प्रतिशत छ ।
एकपटक जैविक मल प्रयोग गरेका किसानले रासायनिक मलको प्रयोग बन्द गर्ने गिरीको दाबी छ ।
मलको नाममा माटो बेच्नेहरुको पनि बिगबिगी रहेकाले ईमान्दार उद्योगीहरुलाई मार परेको उनी बताउछन् ।
यसमा सरकारले उद्योगको नियमित अनुगमन गरी गलत गर्नेलाई कारबाहि र राम्रो गर्ने लाई हौसला प्रदान गर्नु पर्ने उनी बताउछन् । त्यस्तै किसानहरु पनि सचेत हुनु पर्ने उनको भनाई छ ।

सरकारले चालु आर्थिक वर्षभित्र तराईका २३ जिल्लामा १८ करोड रुपैयाँ अनुदान छुट्याएर किसानलाई जैविक मल उपलब्ध गराउने तयारी गरेको बताउदै उनले मलको नाममा माटो बेच्ने खेल हुन नदिनु पर्ने समेत बताए

सरकारले निगरानी गरेर सहि मललाई मात्रै अनुदान दिने ब्यवस्था मिलाउनु पर्ने उनको भनाई छ ।
जैविक मल उत्पादनका लागि प्रयोगमा ल्याइने लुम्ब्रिकस रुबेलस नामक गँड्यौला एकदेखि चार इञ्च लामो हुन्छ । दुई महिनाका गँड्यौला प्रजनन् योग्य हुन्छ, जसले तीन सातामा संख्या वृद्धि गर्न सुरु गर्छ ।

 

 

Single News Button

Nepali Calendar