यस कारण बादल र पाण्डे चितवनबाटै चुनाव लड्ने

 

चितवन २१ असोज । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवनबाट प्रभावशाली नेताहरु चुनावी मैदानमा होमिदैछन् । चितवनका तीन निर्वाचन क्षेत्रबाट पुरानै नेताहरु चुनावी मैदानमा उत्रने तयारी गरेका छन् ।
चितवन क्षेत्र नं ३ को निर्वाचन रोचक बन्ने देखिएको छ । यस क्षेत्रमा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन् । यहि क्षेत्रबाट राप्रपा९प्रजातान्त्रिक० का प्रभावशाली नेता विक्रम पाण्डे चुनाव लड्ने भएका छन् । उनी हाल वन तथा भू–संरक्षणमन्त्री समेत हुन् ।

उनी तत्कालिन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् । तत्कालिन क्षेत्र नम्बर ५ र भरतपुर महानगरका पश्चिमतिरका केहि वडा मिलेर ३ नम्बर क्षेत्र कायम भएको छ । नेता पाण्डेले विगतमा आँफु जनतासँगै विकास निर्माणमा लागेकाले पुनः चुनावमा उठ्ने तयारी गरेको बताए । उनले भने, “मैले यो क्षेत्रमा रगत, पसिना बगाएको छु, अझै धेरै काम गर्न बाँकी छ, त्यस क्षेत्रको विकासका लागि म उम्मेद्वार बन्दैछु ।” हाल नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनका कार्यदल सदस्य समेत रहेका नेता पाण्डे सोही गठवन्धनबाट चुनाव लड्न लागेको स्रोतले बताएको छ ।
यस्तै, नेकपा माओवादी ९केन्द्र० का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ आसन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नंं २ बाट चुनाव लड्ने भएका छन् । प्रतिनिधि र प्रदेश सभाको उम्मेद्वारहरु धमाधम सिफारिस भईरहेको बेला माओवादी नेता बादल केन्द्रीय निर्णय अनुसार नै चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं २ बाट विजयी भएका बादल २०७० सालको निर्वाचन भने बहिष्कार गरेका थिए । यसपटक बाम गठवन्धन भएपछि नेता बादल निर्वाचन लड्न तयार भएका हन् । स्रोतका अनुसार माओवादीबाट प्रदेश नं ३ को पहिलो प्राथमिकतामा पार्टी अध्यक्ष प्रचण्ड र नेता बादल पर्ने भएका कारण उनी चुनाव लड्ने निश्चित भएको हो । नेता बादल भरतपुर महानगरपालिका वडा नं १० निवासी हुन् । चितवन क्षेत्र नं २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस भइसकेको छ । बादल पनि यसै क्षेत्रबाट चुनाव लड्ने भएपछि यहाँको राजनीतिक माहोलमा झन तरंग थपिएको छ । प्रचण्ड र बादल चितवनबाट चुनाव लड्ने भएपछि चितवनको प्रदेश क्षेत्रका लागि भने माओवादीले उम्मेद्वार छनौट गरेको छैन । पार्टीका शीर्ष नेता चितवनमा चुनाव लड्ने निश्चित भएपनि अन्तिम निर्णय भने बाम गठबन्धनको ६०÷४० को सहमति अनुसार हुने माओवादी ९केन्द्र० का केन्द्रीय सचिवालय सदस्य सूर्यप्रकाश सुवेदी ‘पथिक’ले बताए ।

Single News Button

Nepali Calendar