भ्रष्टाचारी प्रबृत्ति नै देशविकासको वाधक : एनआरएनए अध्यक्ष शेष घले

चितवन, असोज २१ । एनआरएनएका अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रबृत्तिका कारण देश विकास हुन नसकेको वताउनुभएको छ । विजय विकास स्रोतकेन्द्र गैँडाकोटको ३२ औं साधारणसभाको उद्घाटन गर्दै घलेले भुकम्प पिडितलाई सहयोग गर्न आफुले सुरु गरेको अभियानमा अवरोध पुराउने भ्रष्टारी प्रबृत्तिको अनुभब सुनाउनुभयो ।

विजय परिवारका कामवाट आफु प्रभावित बनेको वताउदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्तिहरु सामाजिक संस्थामा आवद्ध हुन नहुने विचार राख्नुभयो । आफ्नो सफलताको पुर्ण जस श्रीमती जमुना घलेलाई दिनुभएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी गर्नुभयो ।

आफुले एनआरएनमा लागेर व्यवशायलाई समेत विर्सिएको बताउँदै घलेले देशविकासकालागि युवा शक्तिलाई देशमा र्नै खपत गर्नुपर्ने वताउनुभयो । निजी हेलिकप्टर चार्टर गरेर आउनुभएका घलेले एनआरनएनहरु स्वदेशमा लगानी वढाउने भावनकासाथ अगाडि बढेको वताउनुभयो ।

शेष घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाँउको विकासकालागि निकै भावनात्मक सम्बन्ध आफुरुसँग भएपनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गर्नुभयो ।

साथमा एनआरएनका प्रतिनिधिहरु सहभागी रहेका थिए । एनआरएनएका युरोप संयोजक दिल गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको वताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोतकेन्द्रका अध्यक्ष बसन्तराज लम्सालले गराउनुभएको थियो ।

Single News Button

Nepali Calendar