गुट्खा मुक्त चितवन निर्माणका लागि वे ग्रूपको अभियान

चितवन,२४असोज । गुट्खा मुक्त चितवन निर्माणका लागि वे ग्रूपले हस्ताक्षर संकलन कार्य शुरु गरेको छ । अव्यवस्थित फोहोमैलाको ८० देखि ९० प्रतिशत फोहोर गुट्खाको खोल रहेको वे ग्रूपले जनाएको छ ।

मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र फोहोरको कारक नै गुट्खा रहेको भन्दै वे ग्रूपले गुट्खा नियन्त्रणको लागि हस्ताक्षरण कार्यक्रम गरेको हो । हप्तामा एकदिन, एकछिन समाजकोलागि भनेर हरेक सोमबार गरिने सरसफाइ कार्यक्रमको ७५ औं शृंखालामा गुट्खा मुक्त चितवन अभियान थालिएको वे ग्रूपका अभियान्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले आम नागरिकमा चेतनाको अभाव हुंदा फोहोर नियन्त्रणमा आउन नसकेको वताए । फोहोर नियन्त्रणका लागि व्यवसायीहरु पनि लाग्नुपर्ने भन्दै उनले नागरिकमा चेतनाको स्तर बढाउन आवश्यक रहेको वताए । वे ग्रूपको आफु पनि एउटा अभियान्ता रहेको उनले वताए । गुट्खा मुक्त चितवन निर्माण उद्योग बाणिज्य संघ चितवनको पनि सहयोग रहने उनले प्रतिवद्धता जनाए ।

केहि महिनामै भरतपुर महानगरपालिकाको वडा नं. ४ लाइ पुर्ण फोहोर मुक्त वडा घोषणा गरिने भन्दै महानगरमै नमुना वडा बन्ने बताए । वे गु्रपले ०७३ साल जेठ २४ गतेबाट हप्तामा एकदिन, एकछिन समाजकोलागि कार्यक्रम शुरु गरेको थियो । हरेक कम्पनिले आफ्ना उत्पादनका प्लाष्टिक खोलमा स्किम राख्न सके प्लाष्टिकजन्य फोहोर नियन्त्रणमा आउने गौतमको भनाइ छ । अभियानलाइ सफल बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गरिने वे गू्रपका अभियान्ता शिव प्रसाद घिमिरेले वताए ।

बाढि पिडितहरुलाइ राहत वितरण, विद्यालयमा फोहोरमैला व्यवस्थापन लगायत कार्य गर्दै आएको वे गु्रुपले सार्वजनिक स्थलमा पनि पुर्ण सरसफाइ बनाउन गुट्खा मुक्त चितवनको अभियान थालेको हो ।

Single News Button

Nepali Calendar