एमालेको विरोधका कारण चिकित्सा विधेयकसंसदमा पेस हुन सकेन

काठमाडौं, २६ असोज । अनशनरत प्राध्यापक डा.गोविन्द केसीको माग पूरा गर्न सरकार तयार भए पनि प्रतिपक्षी एमालेको विरोधका कारण बुधबारको संसद् बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस हुन सकेन।
विधेयकमा माथेमा प्रतिवेदन र डा.केसीको सुझाव समेट्न शिक्षामन्त्री तयार भएका थिए तर सम्बन्धित समितिबाट सर्वसम्मत रूपमा पास भई संसद्मा दर्ता भइसकेको विधेयक पुनः परिमार्जन गर्ने अधिकार सरकारसँग नभएको भन्दै एमालेका सांसदले विरोध जनाएपछि संसद्मा पेस हुन नसकेको हो।

शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी अधिकारी र डा। केसी पक्षबीच लामो छलफलपछि विधेयक परिमार्जन गर्ने सहमति जुटेको थियो। उक्त सहमतिअनुसार विधेयक परिमार्जन गर्ने पक्षमा आफूहरू नरहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए। सभामुख ओनसरी घर्तीले बिहीबार विधेयकका विषयमा छलफल गर्न सरोकारवाला सबैलाई डाकेको उनको भनाइ थियो।आजको अन्नपुर्णपोष्टमा खबर छ ।

Single News Button

Nepali Calendar