चितवनमा पहिलो पटक कोरियाली ६० करोड लगानीमा उद्योग खुल्दै , तीन महिनामै सञ्चालन आउने (भिडियो)

 

चितवन, २६ असोज । नेपालमा नै पहिलो पटक चितवनको रत्ननगर नगरपालिका वडा नं. १४ मा कोरियन लगानीको नयाँ उद्योग खोल्न लागिएको छ ।
सुरक्षित र घर स्मार्ट घरको सपना भन्ने नारा सहित कोरियाली एसवाई ग्रुपले पूर्वी चितवनको रत्ननगर पिठुवा एसवाई प्यानल नेपाल नामक उद्योग खोल्न लागिएको हो ।

पुर्वी चितवनको रत्ननगरमा कोरियान नागरीकहरुले नया उद्योग स्थापना गर्ने भएका हुन् । एसवाई ग्रुपको लगानीमा घरबनाउन चाहिने तयारी प्यानल निमार्ण गर्ने उद्योग स्थापना हुन लागेको हो ।

 

आगामी तीन महिना भित्र सञ्चालनमा ल्याउने उद्योगको एक समारोहका विच रत्ननगरपालिका मेयर नारायण वन, पूर्व राजदुत दुर्गेमान सिहं र एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले संयुक्त रुपमा दिपप्रज्वलन र सावेलमा बालुवा थुपारे शिलन्यास गरेका थिए ।
भुकम्प प्रतिरोधात्मक र वातावरणमैत्री स्याण्डविच प्यानल, यू पिभिसि झ्याल र स्टिल ढोका लगायतका समपूर्ण घर निर्माणका सामाग्री उत्पादन गर्ने कम्पनी हो एसवाई प्यानल नेपाल अध्यक्ष दोनले भने ।
पूर्व राजदुत दुर्गेमान सिहंको ३५ कठ्ठा क्षेत्रफल जग्गामा २० बर्षको लागि भाडामा लिएर आफुहरुले नेपालमा औद्योगिक विकासका लागि विदेशी लागानीका रुपमा उद्योग तीन महिना भित्र नै सञ्चालनमा ल्याउन लागेको बताए ।
२४ करोड अधिकृत पुजी राखी ६० करोड रुपैयाको लगानीमा सञ्चालनमा आउने उद्योगले १ सय २० जनालाई रोजगारी दिने समेत उनले बताए ।
यसअघि ६ वटा देशमा उद्योग विस्तार गरिसकेको एसवाई ग्रुपको नेपालमा यो सातौँ कम्पनी हो ।
स्थानिय जनताको आर्थिक उन्नति र समृद्धिका लागि रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सकेसम्म सहयोग गर्ने समेत उनले प्रतिवद्धा व्यक्त गरे ।
‘नेपालको ईतिहासदेखि नै दुई ठुला देश चीन र भारतको बीचमा महत्पूर्ण भूमिका निर्वाह गरिसकेको सार्बभौमसत्ता सम्पन्न मुलुक भएकोले संसारको नजरमा नेपालमा परिसकेको छ उनले भने– ‘आर्थिक विकास भिजन २०३०’ लाई सफल पार्न सरकारले नेपाली जनताको प्रतिव्यक्ति आय ३ गुना वृद्धि गर्ने जुन प्रयास गरेको यसलाई हामीले नजिकबाट बुझिरहेका छौँ ।’
नेपालको आर्थिक विकासमा विदेशी लगानीलाई प्रोसाहन र आउने प्रेरित गर्ने आफहरुको अभियान समेत रहेको कम्पनीका प्रशासिकीय प्रमुख देवेन्द्र समबाहम्फेले बताए ।
सो अवसरमा बाल्दै पूर्व राजदुत सिंहले विश्वमा नै आर्थिक क्रान्तिका अग्रणी भूमिका खेलेको कोरियाबाट नेपालीहरुलाई समेत अग्रसर गराउन आफुहरुले जग्गा उपलबध् गराई विदेशी लगानी भित्राएको दावी गरे । उनले
यस्तै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरियाली लगानी रत्ननगरमा भित्रिनु सुखद् कुरा भएकोे बताउदै यसको संरक्षणमा स्थानिय सरकार कटिवद्ध रहेको बताए ।
उद्योगले उत्पादन गरेको सामाग्रीबाट थौर लगानी, भुकम्प प्रतिरोधी, विभिन्न रंग, छोटो समयमा निर्माण गर्न सकिने, सजिलै आगो नलाग्नेसाथै सुन्दर र स्मार्ट घर निर्माण मुख्य विशेषता रहेको दावी छ । भने घरको ५० बर्ष ग्यारेन्टी गरिएको छ ।

 

 

Single News Button

Nepali Calendar