वाम गठबन्धनमा खटपट, गठबन्धन छाड्ने बाबुरामको चेतावनी

काठमाडौं, २७ असोज । अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियानु घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।
चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले(माओवादीले ‘अपहेलितु गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।
यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईले बिहीबार एमाले(माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् , आजको अन्नपुर्णपोष्टमा खबर छ ।