inner-page-post-top

राष्ट्रपति र प्रधानमन्त्रीबीच टकरावको संकेत

काठमाडौं,२८ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन ।

उनले यसबारे शनिबार निर्वाचन आयोग र कानुनविदहरुसँग परामर्श गर्ने तयारी गरेकी छन् ।प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाएका छन् ।
‘निर्वाचन आचारसंहिताविपरीत मन्त्रिपरिषद विस्तार गर्नु आपत्तिजनक छ।’उनले भने,‘बैठक बसेर आयोगले त्यसबारे धारणा सार्वजनिक गर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको पत्र शुक्रबार नै राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता गरेको छैन । राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय पनि दिएकी छैनन् । आजको नयाँ पत्रिकामा खबर छ ।

 

Single News Button

Nepali Calendar