inner-page-post-top

कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’

काठमाडौं,२९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार नवौँपटक सत्तारोहण गरेका छन् । साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्रीको सपथ लिएसँगै थापा नवौँपटक मन्त्रीको कुर्सीमा आसीन भएका हुन् ।

राष्ट्रपति भण्डारीले थापासँगै अन्य तीनजनालाई मन्त्रीको सपथ दिलाएकी छन् । राप्रपा सांसदत्रय जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले मन्त्रीको सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाबाट थापालाई उपप्रधानन्त्री, चन्द, गिरी र विक्रमबहादुर थापालाई मन्त्री र कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन ।

थापाको ‘मुसा प्रवृत्ति’

देउवा पहिलोपटक प्रधानमन्त्री भएको वेला थापाले कानुन, न्याय, तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्री बन्ने यात्रा सुरु गरेका थिए । थापाले विगतमा आफू मन्त्री भएकै वेला संसद्मा पुगेर आफ्नो प्रधानमन्त्रीविरुद्ध मतदानसमेत गरेका छन् । थापा १८ असोज ०५४ मा राप्रपा–एमाले गठबन्धन बनेर प्रधानमन्त्री बनेका आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।

तर, चन्द नेतृत्वको सरकारविरुद्ध राप्रपाकै सूर्यबहादुर थापा समूहले कांग्रेसको समर्थनमा अविश्वास प्रस्ताव पेस ग¥यो । कांग्रेसले सूर्यबहादुरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमति जनाएको थियो । थापाले प्रधानमन्त्री चन्दविरुद्ध मत हाले । आफ्नै मन्त्रीले आफूविरुद्ध संसद्मा मत हालेपछि चन्दले संसद्लाई सम्बोधन गर्दै ‘मुसा प्रवृत्ति’ को कुरा उठाएका थिए । आजको नयाँपत्रिकामा खबर छ ।

Single News Button

Nepali Calendar