inner-page-post-top

५ लाख घुससहित डिएसपी भण्डारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ, २९ असोज । ५ लाख घुस सहित बालाजु वृत्तका प्रमुख डिएसपी नवीनकृष्ण भण्डारी पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी भण्डारीलाई ५ लाख रुपैयाँ घुस लिर्दैँ गर्दा नियन्त्रणमा लिएको हो।

अपहरण मुद्दा मिलाइदिने भन्दै डिएसपीले ५ लाख घुस लिएको अख्तियार स्रोतले जानकारी दियो। डिएसपी भण्डारीलाई अख्तियारले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ।

Single News Button

Nepali Calendar