कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगो लाग्यो, को-कहाँबाट लड्दै ?(सुचिसहित)

काठमाडौँ,१० कात्तिक । कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुरा, नेता रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री डा। शशांक कोइराला नवलपुर १, विजयकुमार गच्छदार सुनसरी ३ बाट निर्वाचन लड्ने भएका छन् । कांग्रेसले टुंग्याएका उम्मेदवारमध्ये गोपालमान श्रेष्ठ, डा। प्रकाशशरण महत, डा। मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की समानुपातिकबाट सांसद भएपछि यसपटक प्रत्यक्षमा निर्वाचन लड्न लागेका हुन् ।, आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

यसअघि नरहरि आचार्यले जित्दै आएको काठमाडौं ५ मा कांग्रेसले डा। प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आचार्य स्वास्थ्यका कारण निर्वाचन लड्न तयार नभएपछि कांग्रेसले महतलाई उम्मेदवार बनाएको हो । वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल सो क्षेत्रबाट निर्वाचन लड्दै छन् ।

-शेरबहादुर देउवा डडेल्धुरा
-रामचन्द्र पौडेल तनहुँ १
-डा. शशांक कोइराला नवलपुर १
-प्रकाशमान सिंह काठमाडौं १
-गोपालमान श्रेष्ठ स्याङ्जा २
-विमलेन्द्र निधि धनुषा ३ 
-विजयकुमार गच्छदार सुनसरी ३
-डा. शेखर कोइराला मोरङ ६ 
-पूर्णबहादुर खड्का सुर्खेत १
-महेश आचार्य मोरङ ४
-गगन थापा काठमाडौं ४
-ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४
-नवीन्द्रराज जोशी काठमाडौं ८
-डा. नारायण खड्का उदयपुर २ 
-डा. मीनेन्द्र रिजाल मोरङ २ 
-डा. प्रकाशशरण महत काठमाडौं ५
-फरमुल्लाह मन्सुर बारा ३
-एनपी साउद कञ्चनपुर २
-रमेश रिजाल पर्सा ४
-अर्जुनप्रसाद जोशी पर्वत 
-रमेश लेखक कञ्चनपुर ३

-नारायण कार्की उदयपुर २

Single News Button

Nepali Calendar