प्रचण्डको प्रश्न प्रधानमन्त्री राष्ट्रपती हुने व्यक्ति कसरी टुरिष्ट हुन्छन् (भिडियो सहित)

चितवन, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्’डले प्रधानमन्त्री र राष्टपती बन्ने ब्यक्ति कसरी टुरिष्ट हुन्छ भनेर प्रश्ने गरेका छन् ।
विपक्षीहरुले लगाएको टुरिष्ट उम्मेद्वारको आरोपको खण्डन गर्दै उनले भने प्रधानमन्त्री राष्ट्रपती बन्ने व्यक्ति कसरी टुरिष्ट हुन्छन् । साथै उनले चितवनको विकस र समृद्धिका लागि आफ्नो उम्मेद्वार रहेको दबावी बताए ।
विपक्षीहरुले विभिन्न कार्यक्रमहरुमा प्रचण्डलाई टुरिष्ट उम्मेद्वारको आरोप लगाएका छन् ।

यो निर्वाचनमार्फत अब देश राजनीतिक स्थायित्व र विकासको बाटोतर्फ उन्मुख हुने उनले बताए। ‘राजनीतिक स्थायित्वसँग जोडिएको कुरा भनेको विकास र समृद्धि नै हो,’ दाहालले भने। चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री दाहालले, ‘अहिले वाम गठबन्धनमार्फत चाहेको कुरा भनेको ७० वर्षदेखि राजनीतिक भुमरीमा बसेको देशलाई त्यसबाट निकाल्नका लागि हो,’ भने।

चितवनबाट हुर्केर साइकल चलाउँदै राजनीतिमा लागेको र त्यसपछि देशको नेतृत्व गर्न पुगेको स्मरण गर्दै दाहालले विगतमा ऐतिहासिक चुनौतीहरु रहेकाले विद्रोह र शान्तिलाई जोड्न र राष्ट्रको हितका लागि रोल्पा र सिराहाबाट उम्मेदवार दिनु बाध्यता भएको उल्लेख गरे।

चितवनमा आउने चाहना हुँदा हुँदै पनि शान्तिका लागि अन्य क्षेत्रबाट उठ्नुपरेको भन्दै दाहालले अब चितवनका जनताबाट अधिकार लिएर जिल्लाको र देशको विकास गर्ने योजना रहेको सुनाए। मंसिर ३ गते छोरा प्रकाशको निधनपछि चुनावी कार्यक्रममा सरिक नभएका दाहालले शुक्रबारदेखि पुनः चितवनको चुनावी घरदैलो सुरु गरेका हुन्।

अब आफूले चाहेजस्तो गरी कम्युनिस्टहरुको एउटा केन्द्र बनाउने नयाँ योजनाका साथ आफ्नो गृहजिल्लामा आएको र यसले नयाँ समाजवादको युगतिर लैजाने जिकिर गरे। ‘भावी सन्ततिका लागि एउटा नयाँ नेपाल दिने अवसर छ, यो कुरा म यहाँहरुसँग अनुरोध गर्नु चाहन्छु,’ दाहालले भने।

वाम गठबन्धन कसैविरुद्ध नभई विकास र स्थायित्वका लागि भएको उनले दोहोर्‍याए। कार्यक्रममा प्रतिप्रश्न गर्दै उनले भने, ‘मेरो प्रतिद्वन्द्वी भन्ने उम्मेदवारले मलाई टुरिस्ट भन्नुभएछ, म अरुलाई आलोचना धेरै गर्न चाहन्न, देशको राष्ट्रपति र प्रधानमन्त्री हुने मान्छे टुरिस्ट  हुन्छ त?’  ।