सुनसरी ३ मा विजयकुमार गच्छदार विजयी

सुनसरी, २७ मंसिर । प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् ।गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उनक निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् ।