फरार अपराधि पक्राउ

चितवन, ९ माघ । विभिन्न अपराधमा संलग्न भएको अभियोगमा चितवन जिल्ला अदालतले कैद र जरिवाना तोकेको फरार अभियुक्त पक्राउ परेका छन् ।
अदालतले सजाय सुनाएको तर फरारको सूचीमा रहेका व्यक्तिहरुको खोजतलास गर्ने विशेष अभियान अन्तर्गत चितवन प्रहरीले नरराज धिताललाई पक्राउ गरेको हो । कुटपिट मुद्दामा जिल्ला अदालतले कालिका नगरपालिका वडा नम्बर ६ घर भएका ५२ वर्षीय धिताललाई छ महिना कैद र तीन हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
फरार धिताललाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवप्रसाद आचार्यले जानकारी दिए । धिताललाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि जिल्ला कारागारको थुनामा पठाएको आचार्यले बताए ।

Single News Button

Nepali Calendar