रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को सम्मेलन गैंडाकोटमा हुने

चितवन, ९ माघ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को दुई दिने डिष्ट्रिक्ट सम्मेलन नवलपुरको गैंडाकोटमा हुने भएको छ । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै रोट्रयाक्ट डिष्ट्रिक कमिटिले माघ १२ र १३ गते गैंडाकोमा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

भुटानको एउटा र नेपालका एक सय २२ वटा क्लबहरु डिष्ट्रिक्ट ३२९२ मा रहेको जानकारी दिँदै रोट्रयाक्ट क्लब अफ भरतपुरका अध्यक्ष जनक ढकालले १०औँ डिष्ट्रिक्ट सम्मेलनमा एक हजार एक सय प्रतिनिधि सहभागी हुने बताउनुभयो । यहाँ डिष्ट्रिक्ट सम्मेलन हुँदा नेपाल भरीबाट रोट्रयाक्ट क्लबका सदस्यहरु सहभागी हुने भएकाले चितवन र नवलपरासीको आर्थिक विकास हुने समेत ढकालको भनाइ थियो ।

सम्मेलनको पूर्व सन्ध्यामा नारायणगढबाट कार्यक्रम सम्मेलन स्थलसम्म पोलियो उन्मुलन ¥याली निकाल्ने ढकालले बताए । कार्वन उत्सर्जन घटाउनुपर्ने जोड दिँदै ‘गोइङ ग्रीन’ भन्ने नाराका साथमा सम्मेलन गर्न लागिएको हो ।

Single News Button

Nepali Calendar