रत्ननगरको सुकुमवासी समस्या सामाधान गर्न स्थानीय तहसंग सहकार्य गर्ने

रत्ननगर ०९ माघ । लालपूर्जा र अव्यवस्थित बसोवासको समस्या झैल्दै आएका रत्ननगरका सुकुमवासी समुदायले समस्या सामाधानको लागि स्थानीय निकायलाई सहयोग संगै सचेत गराउने भएका छन । स्थानीय तहको निर्वाचनपछि प्राप्त अधिकार आत्मसाथ गर्दै लालपूर्जा प्राप्ती र व्यवस्थित बसोवासका लागि रत्ननगर नगर कार्यपालिकालाई आवश्यक सहयोग र सचेत समेत गराउने भएका हुन । सुकुमवासीको अधिकारका लागि काम गर्दै आएको नेपाल सुकुमवासी सुधार समिति,आकृति महिला बचत तथा ऋण सहकारी संस्था र लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरको मंगलवार सम्पन्न सयुक्त बैठकले यस्तो निर्णय गरेको हो । लालपूर्जा वितरणको लागि नगरपालिकालाई आग्रह गर्ने,बास्तविक सुकुमवासीको विवरण संकलन गरी नगरपालिकालाई बुझाउने,सार्वनिक जग्गा संरक्षणको लागि स्थानीय स्तरमा नगरपालिकालाई सहयोग गर्ने,आफ्ना समस्या जनप्रतिनिधिलाई अबगत गराउन विभिन्न कार्यक्रम गर्ने,समस्या सामधानका लागि एकजुट हुने, समुदायमा जग्गा बेचबिखनमा रोक लगाउने निर्णय भएको नेपाल सुकुमवासी सुधार समिति रत्ननगरका अध्यक्ष फुलमान तामाङले जानकारी दिए । सुकुमवासीको नाममा हुकुमवासीले फाईदा लिईरहेको हामीले बुझेका छौं उनले भने हुकुमवासीका कारणले गर्दा वास्तविक सुकुमवासीले समस्या झेल्न नपरोस भनेर लालपूर्जा वितरण र बस्ती व्यवस्थापनको लागि नगरपालिकालाई सहयोग गर्ने निर्णय गरेका हौं । रत्ननगर नगर कार्यपालिका सदस्य तथा प्रबक्ता सरस्वती लामाले सुकुमवासी समस्या सामधानका लागि नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको बताईन । उनले नगरपालिका र लुमन्तीको सहकार्यमा कोष निर्माण गरी आवास निर्माणको काम सुरु भईसकेको बताईन । बैठममा आकृति सहकारीकी अध्यक्ष फुलकुमारी लामा,लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह लामा,नेपाल सुकुमवासी सुधार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Single News Button

Nepali Calendar