उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ निर्वाचित घोषणा आज हुदैँ

काठमाडौं, ४ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उनको मात्रै उम्मेदवारी परेपछि दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो ।

चुनावी प्रक्रिया पूरा गरी उनलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरुले प्रस्ताव र समर्थन गरेका छन् ।

Single News Button

Nepali Calendar