उत्कृष्ट महानगरपालिका घोषित भैरहदा गीतानगर क्षेत्रका भित्रि बाटोमा फोहोरले बिजोक

शिव शर्मा

भरतपुर, चैत्र ०४ । भरतपुर महानगरपालिका प्रदेश नं ३ कै उत्कृष्ट भरपुर महानगरपालिका घोषित भैरहदा भरतपुर बाट दक्षिण पश्चिम पर्ने गीतानगर क्षेत्रका भित्रि सडकमा फोहोरको चुली लाग्ने गरेको छ ।

पारिजात बोर्डिङ्ग हुदै देबनगर तर्फको बाटोमा रहेको फोहोरको बोरा

टोल सुधार समितिको पहलको कमिको कारण फोहोर उठ्न नसकेको `रेडिमेट’ जवाफ दिने गरेको महानगर स्रोतले टोलसुधार समितिले वा घरधुरीले रकम दिएमा साता वा महिनामा आबस्यकता अनुसार फोहोर उठ्ने बताउछ ।

वडा न १ देखि ५ सम्म एउटा सेक्टर र ७ देखि १२ सम्म अर्को सेक्टरमा बिभाजन गरि प्राइभेट सेक्टर मार्फत फोहोर ब्यबस्थापन हुदै आएको भरतपुर महानगरपालिकाका स्रोत बताउछ । साबिक भरतपुर उपमहानगर संग जोडिएका वडा न ६ सहितका अन्य वडामा पैसा तिरेको आधारमा गाडि महानगरपालिकाले पठाउने गर्दछ ।

तर टोल सुधारले भने महानगरपालिकाले फोहोर संकलन गरेबापत उठाउने शुल्क महँगो भएको भन्दै समायोजनको माग गर्ने गरेका छन् । नेपाल नगरपालिका सघंको २५ औ रजत महोत्सव समारोहको अवसरमा भरतपुर महानगरपालिकालाई प्रदेशकै उत्कृष्ट नगर घोषणा गरिएको हो ।