प्रदेश मन्त्री दुलालले भने– प्रचण्ड र गिरिजाको सकारात्मक सोचले आजको परिवर्तन सम्भव

चितवन,६ चैत । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हिजोको दिनमा पुष्पकमल दाहाल प्रचण्ड र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सकारात्मक सोचले गर्दा नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।

चितवनको भरतपुरमा आज आयोजित समाज रुपान्तरणका लागि सकारात्मक सोच विषयक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री दुलालले यस्तो बताएका हुन् । भरतपुर महानगरपालिकासँगको सहकार्यमा के आई नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान र महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपालले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेशमन्त्री दुलालले अरुको अस्तित्वलाई स्वीकार गरेर काम गर्ने हो भने त्यहाँ सकारात्मक सोचाई आउने बताए ।
उनले भने ‘प्रचण्ड र स्वर्गीय गिरिजाबाबुको सकारात्मक सोचले आजको परिवर्तन सम्भव भयो, ‘नयाँ संविधानको प्राप्ति र कार्यान्वयन सकारात्मक सोचकै उपज हो ।’

समाजबाट मानव बेचविखन, लैंगिक हिंसा, दुव्र्यसन लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न सकारात्मक सोचले सहयोग पु– उनको भनाइ थियो ।महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपालकी अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन समरोहमा प्रदेश सभा सदस्यहरु विजय सुवेदी, घनश्याम दाहाल, रिना गुरुङ, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।