रविन्द्र मिश्रले एकाविहानै एमाले–माओवादी एकतालाई खराब प्रवृतिको एक ढिक्का भनेपछि…

काठमाडौँ, ४ जेठ । रविन्द्र मिश्रले एमाले र माओवादीको शक्ति बदलिए पनि आचारण नबदलिएको आरोप लगाएका छन् । विवेकशील साझा पार्टीका संयोजक समेत रहेका रविन्द्र मिश्रले एमाले–माओवादी एकतालाई खराब प्रवृत्तिहरु एक ढिक्काको संज्ञ दिदैँ यस्तो आरोप लगाएका हुन् ।

शुक्रबार विहान ट्विट गर्दै संयोजक मिश्रले ट्विटमा लेखेका छन्‘एमाले, माओवादी एकता प्रकरणः शक्ति बदलियो। सोच र आचरण बदिलिएको छैन। पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्। खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झनै जब्बर बन्नसक्छ। यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस्– नेपालको जय होस्१ धेरै–धेरै शुभकामना !