दोस्रो गैँडाकोट महोत्सवबाट करिब ५० लाख नाफा

गैँडाकोट, ४ जेठ

दोस्रो गैँडाकोट महोत्सवबाट करिब ५० लाख रुपैँया नाफा भएको बिहीबार सार्वजनिक गरिएको गैँडाकोट महोत्सव सम्पन्न स्थल नजिक रहेको एक होटलमा गरिएको दोस्रो गैँडाकोट महोत्सव २०७४ को आर्थिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा  महोत्सवबाट करिब ५० लाखको नाफा भएको जानकारी दिइएको दोस्रो गैँडाकोट महोत्सवबाट नाफा भएको रकमले उद्योग वाणिज्य संघ गैँडाकोटले भवन निर्माण गर्ने भएको उवासंघको भवन निर्माणकालगि लागि कोषमा ३५ लाख रकम छुट्याइएको आर्थिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा जानकारी दिइएको हो


पौष  २७ देखि माघ गतेसम्म नारायणी किनारमा भएको महोत्सवमा करोड १४ लाख १७ हजार सय आम्दानी भएको उद्योग वाणिज्य संघ गैँडाकोटका प्रथम उपाध्यक्ष तथा आर्थिक उपसमितिका संयोजक एकदेव रिमालले बताउनुभयो आम्दानी तर्फ प्रवेश टिकटबाट ३३ लाख ५० हजार, प्रायोजकहरुबाट २८ लाख, बाल उद्यानबाट करिब साढे २४ लाख, स्टलहरुबाट साढे १४ लाख, नेपाली जहाज स्टीमरबाट पौने लाख, गैँडाकोट नगरपालिकाबाट लाख, ट्रेड प्रमोसन सेन्टरबाट डेढ लाख बराबरको आम्दानी भएको बताइएको   रिमालका अनुसार महोत्सवमा ७० लाख ३१ सय ७३ खर्च भएको खर्च तर्फ स्टेशनरीमा करिब ८० हजार, तलब भत्तामा लाख १६ हजार, भ्रमण तथा यातायातमा लाख ८७ हजार, कलाकारहरुको पारिश्रमिक खर्च १४ लाख, मायाको चिनो तथा स्मारिका प्रकाशन पौने लाख, सूचना तथा प्रचारप्रसारमा करिब लाख, सिसि क्यामेरा जडान करिब लाख १० हजार, स्टल निर्माणमा करिब साढे १० लाख, भ्रमण तथा यातायात लाख, जनजातिको घर निर्माणका लागि करिब लाख खर्च भएको सार्वजनिकीकरण कार्यक्रममा जनाइएको महोत्सवबाट आम्दानी भएको रकमबाट नेपाल सरकारलाई करिब लाख बराबरको रकम राजश्व बुझाइएको समेत जानकारी दिइएको   आम्दानी खर्चबीचको अन्तर करिब ४४ लाख जति हुन आएपनि केही रकम उठ्न बाँकी रहेका कारण महोत्सवको नाफा करिब ५० लाखको हाराहारीमा पुग्ने प्रथम उपाध्यक्ष रिमालले जानकारी दिनुभएको


उद्योग वाणिज्य संघका महासचिव छविलाल कंडेलले महोत्सव आशा गरे अनुरुपकै सम्पन्न भएको बताउनुभएको महोत्सव अवधिभर करिब ७८ करोडको कारोबार भएको उहाँको दाबी थियो करिब सय स्टल रहेको गैँडाकोट महोत्सवले स्थानीय उद्योग तथा उत्पादनको बजारीकरणका लागि आशातित सहयोग पु¥याएको महासचिव कंडेलले बताउनुभयो


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आर्थिक पारदर्शीताको उदाहरण उद्योग वाणिज्य संघले देखाएको यस्तो काम सबै संघसंस्था तथा कार्यक्रमहरु सम्पन्न भए पश्चात् गर्नुपर्ने बताउनुभयो
उद्योग वाणिज्य संघ गैँडाकोटका बरिष्ठ उपाध्यक्ष दीपक सापकोटाले नारायणी किनारलाई उज्यालो बनाउने ब्राण्डका रुपमा गैँडाकोट महोत्सव नियमित दुई दुई वर्षमा हुने बताउनुभयो

Single News Button

Nepali Calendar