पार्टी एकतापछि ओली–प्रचण्डलाई बधाई थाप्न भ्याइनभ्याई

काठमाडौं,४ जेठ । एमाले–माओवादीकेन्द्रबीच एकता भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई बधाई दिनेहरुको खुइचो लागेको छ ।

नेताद्वय ओली र प्रचण्डलाई ५५ वर्ष लामो बिभाजनको इतिहास तोडेको भन्दै नेता, कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिएका छन् । बिहीबार एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि देशभरि उत्साह छाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिन शुभेच्छुकहरु एकाबिहानै बालुवाटार पुगेका छन् भने पार्टी अध्यक्ष प्रचण्डलाई बधाई दिन शुभेच्छुकहरु खुमलटार पुगेका छन् ।

ओली र प्रचण्डलाई देश, विदेशबाट समेत बधाई आइरहेको छ । बधाई दिनेहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी देख्ने आफूहरुको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।