यी महिला जसले स्विमसुट लगाएको फोटो सेयर गर्दा जागिर गुमाइन्

३१ जेठ । स्विमसुट लगाएको फोटो इन्स्टाग्राममा सेयर गरेपछि एक महिलाको जागिर चैट भएको छ । इन्स्टाग्राममा फोटो सेयर गरिरहेका बेला भिक्टोरियालाई अन्दाज थिएन कि उक्त फोटोले उनको जागिर खोस्नेछ ।

२६ वर्षीया भिक्टोरिया रुसको ओम्स्कको एक स्कूलमा पढाउँथिन् । केही दिन अघि उनले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेकी थिइन् जसमा उनले स्विमसुट लगाएकी थिइन् । यो फोटोका कारण उनलाई जागिरबाट निकालियो ।

विद्यालयलाई उद्धृत गर्दै साइबेरियन टाइम्सले लेखेको छ, ‘यस्तो गरेर भिक्टोरियाले स्कूल र शिक्षण पेशालाई अपमानित गरेकी छिन् ।’

तर अब सोसल मिडियाका धेरैजसो प्रयोगकर्ता उनको समर्थनमा उत्रिएका छन् ।

करिब तीन हजार महिलाले स्विमसुट लगाएर फोटो सेयर गरिसकेका छन् र भिक्टोरियाको बर्खास्तीको विरोध गरिरहेका छन् । यो विरोधका लागि ३तभबअजभचकबचभउभयउभितयय ९शिक्षक पनि मानिस हो० प्रयोग गरिँदै छ ।

Single News Button

Nepali Calendar