भ्याली स्टेट कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

चितवन, ३१ जेष्ठ । भरतपुरस्थित भ्याली स्टेट कलेज बीबीए चौथो सेमेस्टरकाविद्यार्थीहरुले १४ जुन अर्थात् विश्व रक्तदाता दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
“अरुको लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं”भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायत विभिन्न ८७ जना दाताहरुले रक्तदान गरेका छन्।‘युथ फर ब्लड चितवन’ र ‘हेल्प फर ह्याप्पीनेस’ संस्थाहरुको प्रत्यक्ष रुपमा सहयोग रहेको उक्त कार्यक्रमको सभापतित्व कलेजकी प्रिन्सिपल जमुना श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा सञ्चालक गोपाल पराजुली रहनुभएको थियो।