घुससहित सहायक वन अधिकृत सहित २ जना पक्राउ

धनवीर दाहाल,
रुकुम,३१ जेठ । जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृतसहित २  जनालाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार दिउँसो जिल्ला वन कार्यालयमै सेवाग्राहीबाट घुस लिइसकेपछि सहायक जिल्ला वन अधिकृत रोहितकुमार साह र ग्रामिण वित्त सहायक सन्दिप अधिकारीलाई पक्राउ गरेको हो ।
कवुलियती वनको सहजिकरण गर्न भन्दै वन समूहका पदाधिकारीबाट २३ हजार घुस लिइसकेपछि दुवै जनालाई सहायक वन अधिकृत साहको कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए । उनीहरु उपर थप अनुसन्धान भैरहेको प्रवक्ता सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published.