गौ संरक्षणको गाई बेच्न लैजान लागेको आरोपमा २ जना प्रकाउ

सविता दराई
चितवन, ३१ जेष्ठ । वागीश्वरी आध्यात्मिक परिसर योगि नरहरिनाथ आश्रमद्वारा सञ्चालित गौ संरक्षण केन्द्र देवघाटको गाई लुकाई छिपाई बेच्न लैजाने क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका १२ बस्ने कामी सिङ तामाङलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिनु भयो । विहिबार करिब ११ बजेको समयमा वागीश्वरी गौ संरक्षणका गाई चर्न गएको समयमा देवघाटको जंगलबाट गाडीमा अनलोड गर्ने समयमा देवघाटमा खटिएका प्रहरीले प्रकाउ गरेको हो ।

गाई गाडीमा लोड गरि बेच्न लैजान सहयोग गर्ने भरतपुर महानगरपालिका सारदानगरका गणेश अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ । दुई वटा गाई, २ ओटा बाच्छा र १ बाच्छी तामाङले बेच्न लैजान लागेको बताईए पनि सो सम्वन्धमा अनुुुसन्धान भै रहेको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।