गुण्डागर्दीमा संलग्न फरार राज कुमार लामा “चन्द्रे” पक्राउ

चितवन, ३१ जेठ । चितवन प्रहरीले गुण्डागर्दीमा संलग्न रही फरार अवस्थामा रहेका “चन्द्रे”भनिने राज कुमार लामालाई  पक्राउ गरेको छ ।

“चन्द्रे” लाई प्रहरीले मंगलबार जुगेडीबाट पक्राउ गरेको चितवन प्रहरीले बिज्ञप्ति मार्फत जानकारी गराएको हो । भरतपुर ११ बस्ने २८ वर्षिय “चन्द्रे”लाई समाजमा अशान्ती, डरत्रास र भय सृजना गरी गुण्डागर्दी गर्ने, व्यवसायीहरुलाई धम्क्याई रकम असुल गर्ने जस्ता कृयाकलापमा संलग्न रहेको आरोप लगाईएको छ ।

चितवन जिल्लालाई “सुरक्षित र शान्त चितवन “बनाउने अभियान अन्तरगत प्रहरीले पक्राउ अभियानलाई तीब्रता दिएको हो ।