चलचित्र “लभ डायरिज” लिएर अाउँदै निर्देशक साैरभ

चितवन ११ साउन । नेपाली सिने जगतले अहिले ठुलै फडको मार्दै छ । राम्रा प्रबिधि र प्रतिभावान ब्यक्तित्तोको आगमन सँगै अहिले नेपाली सिनेमाले राम्रो ट्रयाक समातेको छ। यि मध्य एक प्रतिभावान् निर्देशक हुनुहुन्छ सौरभ चौधरी । पछिल्लो पाच बर्ष यता नेपाली चलचित्र क्षेत्रमा सक्रिय सौरभ अहिले चलचित्र “लभ डायरिज” को छायांकन सकेर सम्पादन कार्यमा ब्यस्त छन् । युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको चलचित्र “लभ डायरिज” मा नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ ।
पेशाले इन्जिनियर समेत रहेका सौरभको काममा हामी नयाँपन देख्न सक्छौ । पछिल्लो पाच बर्षदेखि उनले थुप्रै चलचित्रमा सहायक निर्देशकको काम गरिसकेका छन भने उनी सँगै सम्पादनको राम्रो ज्ञान पनि छ । उत्कृष्ट सट डिजाइन गर्न माहिर उनी काममा एकदमै लगनशील र जुझारु छन् । आफुले काम गर्ने सिनेमामा उनी स्कृप्ट र कलाकारमा एकदम ध्यान पुर्यौने गर्छन र छायांकनमा जानु भन्दा अगडि कमसेकम २ महिना वकशर्पमा राख्ने गर्छन । वकशर्पले कलाकारलाई क्यारेक्टरमा घुस्न धेरै मद्घत गर्ने उनको भनाइ छ ।