नारायणीमा जलमार्गकाे सम्भावना खाेज्दै प्रचण्ड [फाेटाेफिचर]

चितवन, साउन २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष   पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित गृह जिल्ला चितवनमा छन् ।

शनिबार ‘राप्ती र नारायणीलाई जल यात्रा मार्गले जाेड्न सकिने सम्भावना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन चितवन पुगेका प्रचण्डले आज बिहान डुंगाबाट जलयात्रा मार्गको सम्भाभ्यता अध्ययन गरेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि भरतपुर– २८ मा रहेको मेघौली गोलाघाटबाट डुंगा चढेर चितवनबाट आएको नारायणी, हेटौडाबाट आएको राप्ती र माडीबाट आएको रियुको संगमस्थल त्रिवेणीसम्मकाे डुंगाबाट जलयात्रा गरेका थिए । यात्रामा भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत सहभागी थिए ।  तस्वीर : गोपाल न्यौपाने (सौराहा अनलाईन)