कर वृद्धि आन्दोलनलाई क्षेत्रिय होटल संघ नेपाल चितवनको समर्थन विज्ञप्ती सहित

चितवन, २७ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कर वृद्धिको विवाद चुलिएको छ । जसका कारण सात राजनीतिक दलले कर बृद्धिको विरोधमा थालेको आन्दोलन बढ्दै गएको छ । नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर बृद्धि गरेको भन्दै यहाँका विभिन्न राजनीतिक दलले आजदेखि रिले अनसन शुरु गरेका हुन् ।
यसैबीच कर वृद्धि विरुद्धको आन्दोलनलाई क्षेत्रिय होटल संघ चितवनले समर्थन गरेका छन् । संघका अध्यक्ष सुमन घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै आन्दालनको समर्थन गरेका हुन् । विज्ञप्तीमा भनिएको छ, “नगारपालिकाले स्थानीय सरकार सञ्चालनको नाममा हालै वृद्धि गरेको व्यवसाय कर, घर भाडा कर तथा सम्पती एकिकृत कर, फोहोर मैला लगायत विभिन्न शिर्षकमा लगाईएको कर वृद्धि समय र सापेक्ष नदेखिएको र अव्यवाहारिक भएको भन्ने व्यापक जनगुनासो र व्यवसायीहरुको समेत असहमती रहेको सन्दर्भमा क्षेत्रिय होटल संघ नेपाल चितवनको आज आईतबार बसेको बैठकले कर वृद्धि विरुद्धको जारी आन्दोलनलाई पूर्ण समर्थन र एक्यवद्धता जनाउने निर्ण भए वमोजिम यस जारी आन्दोलनलाई पूर्ण समर्थन र सहभागीता जनाउँदैँ आगामी दिनमा विगतका बर्षहरुमा झैँ लिईदै आएको कर साविक दर कायम गर्न जोडदार माग गर्दछौँ ।”
साथै विज्ञप्तीमा भनिएको छ,कर वृद्धि फिर्ता नभए सम्म हामी व्यवसायी संगठनहरु प्नि संघर्षको कार्यक्रम तय गरेर अघि बढ्नु पर्ने बाध्यता नबनाईयोस् भन्ने समेत जोडदार माग गर्दछौ ।,
सघले रत्ननगर नगरपालिकालाई समयमै कर वृद्धिको निर्णय प्रति पुर्नविचार गर्न आग्रह गरिएको छ ।