नारायणी मोटर्सद्वारा पल्सर १५० ट्वीन डिस्क सार्वजनिक

चितवन, २७ साउन । चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता नारायणी मोटर्सले पल्सर १५० ट्वीन डिस्कको नयाँ मोडल सार्वजनिक गरिएको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाईकलको रुपमा रहेको बजाजले निकालेको पल्सर १५० ट्वीट डिस्क स्पोर्टी मोडलको भएको नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए । एक भव्य समारोहकाबीच आइतबार नारायणी मोटर्समा आयोजना गरिएको कार्यक्रममा जनता ग्लोब आईएमई बैंक लिमिटेड नारायण शाखाका प्रमुख सचिन न्यौपाने, जनता बैंक नारायणगढ शाखाका प्रबन्धक सञ्जय पुन, नेपाल नाटोका अध्यक्षलगायतले पल्सर १५० ट्विन डिस्कको नयाँ मोडलको सार्वजनिक गरेका हुन् । मोटरसाईकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्कको डिजाइन बजारमा ल्याईएको नारायणी मोटर्सले जनाएको छ ।
नयाँ मोडलले बाईकले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभूति प्रदान गर्ने उल्लेख गर्दै चुकेले पल्सर बाइकका मोडलहरु लन्च भए देखि नै आफ्नो आधुनिक एवम् पृथक डिजाईन र उत्कृष्ट प्रस्तुतिको लागि चिर परिचित रहेको बताए । बाइकको १५० सिसि डिटिएसआई इन्जिनले दिने १४ पिएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक एवम् आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्ने चुकेले बताए । डिटिएसआई इन्जिन, उत्कृष्ट १४पिएस पावर र उत्कृष्ट माइलेज, डिजिटल मिटर, ट्विन डिस्क, नाइटो«क्स सन्स्पेन्सन भएका कारण बाइक चलाउँदा आरामदायी सवारीको सुनिश्चतता भएको चुकेले बताए ।
बाइक सजिलो स्टार्ट हुने, चाक्लो टायरका कारण अझ राम्रो रोड ग्रीप र सुरक्षा हुने बाइक विभिन्न तीन वटा रङमा उपलब्ध भएको उल्लेख गर्दै सो मोटरसाईकलको मूल्य दुई लाख ५५ हजार नौ सय रुपैयाँ रहेको चुकेले बताए । नारायणी मोटर्सबाट मोटरसाइकल खरिद गर्ने ग्रहाकहरुमध्येबाट हरेक महिना एक जनालाई लक्की ड्र मार्फत बम्पर उपहार दिने योजना समेत रहेको जनाइएको छ ।