सर्वोच्चको फैसला : चितवन माविको लिजमा दिएका र बिक्रि गरेका जमिनहरु फिर्ता गर

 

राजु थापा
चितवन, २७ साउन । चितवन माध्यामिक विद्यालय भरतपुर १० ले लिजमा दिएका र बिक्रि गरेका जमिनहरु फिर्ता गर्न सर्वोच्च अदालतले अन्तिम आदेश दिएको छ ।

चितवन माविको नाममा रहेको कित्ता नम्वर १ सय ७२ को जग्गा भाडामा लगाउने विद्यालयको २०७० असार ९ गतेको निर्णय र सो बमोजिम २०७० असार २५ गते प्रकाशित सुचना र त्यस पछि बोलपत्र खोल्ने र भाडा लिनृे निर्णय समेत सर्वाच्चका न्यायाधिश द्धय विश्वम्भर प्रसाद श्रेष्ठ र डा= आनन्दमोहन भटट्राईले २०७३ फागुन ११ गते अन्तिम आदेश भएको हो ।

निर्णय भएको डेढ वर्ष पछि निर्णयको पुर्ण पाठ तयार भए पछि आईतबार पुर्नरुत्थानवादी समुह नेपालले पत्रकार सम्मेलन गरि अन्तिम आदेशको जानकारी गराएको हो । अधिवक्ता देवेन्द्र न्यौपाने, अधिवक्ता विष्णुहरी कोईराला, अगुवा महिला चन्द्रकला कोईराला र विद्यालयका सहयोगी शंकर बहादुर क’मालका तर्फबाट अधिवत्तला कोषराज काफलेले रिट निवेदन दिएको सो मुद्धामा शिक्षा मन्त्रालय सहित ११ जना विरुद्ध मुद्धा दिईएको थियो ।

यो फैसलाले चितवन माविको जमिन संगै देशैभर रहेका सरकारी विद्यालय र सार्वजानिक जमिनलाई कसैले पनि आफु खुशी विक्री गर्न र लिजमा दिन नमिल्ने समेत निर्णय भएको अधिवक्ता कोषराज काफलेले जानकारी दिनु भयो ।

मुद्धाको विपक्षमा शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय, विद्यालय सम्पती संरक्षण समिति, चितवन, विद्यालय ब्यवस्थापन समिति भरतपुर १०, चितवन मावि भरतपुर , चितवन मेडिकल कलेज, भरतपुर, मैयादेवि कलेज भरतपुर , दिवा पेट्रोल पम्प, संरक्षण निमार्ण सेवा प्रालि, देवकोटा मेडिकल हल रहेका छन् ।