विप्लवद्वारा २९ गते नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)

चितवन, २७ साउन । आफ्नो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रक्राउ परेलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली–प्रचण्ड सरकारका विरुद्धमा भीषण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

विप्लवले एक प्रेस वक्तव्य जारी गर्दै ओली र प्रचण्डमाथि यस्तो धावा बोलेका हुन्।

‘पार्टी प्रवक्ता प्रकाण्ड लगायत सम्पूर्ण कमरेडहरुलाई विना शर्त रिहाई नगरे फाँसीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ।’ विज्ञप्तीमा भनेका छन ।

त्यसबाट निस्किने परिस्थितिको बारे यो सरकार नै जवाफदेही रहने भन्दै विप्लवले विज्ञप्तीमा साउन २९ गते नेपाल बन्दको आव्हावन गरेको उल्लेख गरेका छन् ।