उत्कृष्ट परामर्शका लागि ‘एक्सेस एजुकेसन फेयर’

चितवन, १९ भदौँ । १३ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्सेस एजुकेसन नेटवर्कले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ । परामर्श सेवामा विशेष पहिचान बनाएको एक्सेसले यही भदौ २२ गते शुक्रबार ‘एक्सेस एजुकेसन फेयर’ आयोजना गरेको छ । फेयरका विशेषता तथा एक्सेससँग सम्बन्धित रहेर शाखा प्रबन्धक हेमन खरेलसँग गरिएको कुराकानीः

शैक्षिक परामर्शका लागि एक्सेस नै किन ?
विगत १३ वर्ष शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्सेस एजुकेसन नेटवर्कमा अनुभवी तथा दक्ष काउन्सिलरबाट परामर्श सेवा प्रदान गरिन्छ । सत्य, तथ्य र उत्कृष्ट परामर्शका लागि एक्सेस परिचित छ । नेपालभर ७ वटा शाखा भएकोे एक्सेसको चितवन शाखाले उत्कृष्ट पहिचान बनाउन सफल छ । परामर्श सेवाका क्षेत्रमा अग्रणी संस्था बन्न सफल एक्सेसमा विद्यार्थीको आकर्षण देखिएको छ । यहाँ आएका विद्यार्थीलाई हामी पारिवारिक वातावरणमा सत्यतथ्य जानकारी दिन सफल छौं । हाम्रो सेवाबाट विद्यार्थी तथा अभिभावक सन्तुष्ट हुनुहुन्छ ।

कुन–कुन देशलाई लक्षित गरी सेवा प्रदान गरिरहनुभएको छ ?
विशेष फोकस अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडालाई गरेका छौं । अष्टे«लिया तथा न्युजिल्याण्डका लागि परामर्श दिने संस्थाहरुमध्ये धेरै विद्यार्थीको रोजाइँमा एक्सेस पर्न सफल छ । एक्सेसमा परामर्श लिएर क्यानडा जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ ।

एक्सेसबाट विदेश गएका विद्यार्थीको प्रतिक्रिया कस्तो छ ?
उच्च शिक्षा अध्ययनका लागि यहाँबाट गएका विद्यार्थीहरु पूर्ण सन्तुष्ट हुनुहुन्छ । हाम्रो सफलता भनेकै यहाँबाट गएका विद्यार्थीले हामीलाई राम्रो फिड्ब्याक दिनु हो । यहाँबाट विदेश गएका विद्यार्थीले आफन्त तथा साथीभाइलाई एक्सेसमार्फत नै परामर्श लिएर विदेश आउन सुझाव दिने गरेको पाउँछौं ।

चितवनमा एक्सेस एजुकेसन फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा जान इच्छुक विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी भदौ २२ (सेप्टेम्बर ७) गते शुक्रबार ‘एक्सेस एजुकेसन फेयर’ आयोजना गरेका हौं । भरतपुर गार्डेन रिसोर्टमा आयोजित फेयरको तयारी अन्तिम चरणमा पुगेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाका करिब २६ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि फेयरमा सहभागी हुनेछन् । विद्यार्थीका लागि फेयर निकै उपलब्धीपूर्ण हुनेछ । उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने हुँदा विद्यार्थीहरु फेयरबाट लाभान्वित हुनेछन् । एउटै स्थानमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर सही परामर्श लिने अवसर मिल्नेछ ।

फेयरका विशेषता के–के छन् ?
अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा गएर कुन कलेज तथा युनिभर्सिटीमा कुन विषय पढ्दा भविष्य राम्रो हुन्छ ? करियर कस्तो हुन्छ ? पीआर लिने प्रक्रिया के छ ? जानका लागि के–कस्ता प्रक्रिया छन् ? डकुमेन्टेसन कस्तो हुनुपर्छ ? लगायतका प्रश्नको सही जवाफ फेयरमा विद्यार्थीलाई जानकारी दिइनेछ । स्पट एसेसमेन्टको सुविधासमेत रहेको फेयरमा विद्यार्थीलाई स्कलरसिपको सुविधा पनि उपलब्ध गराइनेछ । फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ । फेयरमा सहभागी भइ सही परामर्श लिने अवसर विद्यार्थीले पाउनेछन् ।