चितवनमा पनि संविधान दिवस विविध कार्यक्रम गरि मनाइने

भरतपुर,३१ भदौ । चितवनमा पनि संविधान दिवस असोज २, ३ र ४ गते तीन दिन विविध कार्यक्रम गरी मनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा वसेको वैठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रमुख डल्लाकोटीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, प्रहरी प्रमुख सुशिलसिंह राठौर, जिल्लाका राजनीतिक दलका प्रमुख र प्रतिनिधि, उद्योग बाणिज्य संघ, उद्योग संघ, बार एशोसिएनसन, रेडक्रसलगाएको संलग्नतामा मुल समारोह समिति गठन गरिएको छ ।
असोज २, ३ र ४ गते सरकारी कार्यालय, शैक्षिक संस्था, गैसस र सर्वसाधारणको घरघरमा साँझ दिपावली गर्न अनुरोध गर्ने निर्णय भएको मुल समारोह समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले जानकारी दिए ।
त्यस्तै २ गते नै आआफ्नो कार्यलय, संघसंस्था परिसरमा फलफूल्को विरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन दिउँसो ४ वजे भरतपुर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फूटवल हुने भएको छ । यसै दिन विहान ७ वजे रेडक्रसको संयोजनमा नारायणी मोटर्स नारायणगढ अगाडि रक्तदान कार्यक्रम गरिने प्रमुख डल्लाकोटीले जानकारी दिए ।
त्यस्तै असोज ३ गते विहान ७ वजे चौविसकोठीबाट वाजागाजा सहित प्रभातफेरी गरिने र जिसस सभाहलमा संविधानको विशेषता विषयमा प्रवचन गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिए ।
असोज ३ गते साँझ चौविसकोठीमा भेला भइ दिपावली गर्ने कार्यक्रम रहेको छ । असोज ४ गते विहान ८ वजे भरतपुर अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम तय भएको जिसस प्रमुख डल्लाकोटीले बताए । नेपालको संविधानको विषयमा जिल्ला र स्थानीय तहमा हाजिरीजवाफ, निवन्ध, वक्तृत्वकला, कवितालगायतका कार्यक्रम आयोजनाका लागि अनुरोध गर्ने निर्णय भएको उनले बताए ।