राप्ती म्याद नाघेका खाद्य पदार्थ नष्ट

अनुज न्यौपाने

चितवन, ३१ भदौँ । इलाका प्रहरी कार्यलय भण्डाराले आज म्याद नाघेका विभिन्न प्रकारका खाद्य पदार्थ नष्ट गरेको छ ।
बाणिज्य विभागले खाद्य पसलमा गरेको अनुगमन क्रममा म्याद नाघेका खाद्य पदार्थ भेटेपछि नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
केही समयदेखि स्थिर रहेको बजार अनुगमनलाई खाद्यले पुनः निरन्तरता दिन सुरु गरेको हो ।
गत साता जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, जनप्रतिनिध लगायतको उपस्थितिमा भण्डारा बजार क्षेत्रमा गरिएको अनुगनमा केही पसलमा म्याद नाघेका खाद्य पदार्थ भेटिएको थियो ।
अनुगमनको क्रममा नमकिन भुजियाहरू, दालमोट, हरलीस लगायतका खाद्य पदार्थ जफत गरिएको थियो ।