अवैध उत्खनन् गर्ने ४ टयाक्टरलाई ७ हजार जरिवाना

अनुज न्यौपाने
चितवन, ३१ भदौँ । पूर्वी चितवनको राप्ती नगरपालिका वाड नं ९ स्थित सुके खोलाबाट अवैध उत्खनन् कार्य अझै राकिएको छैन् ।
तीव्र रुपमा उत्खनन् भईरहेपछि चितवन प्रहरीले सो खोलामा उत्खनन् गर्ने ४  वटा टयाक्टर पक्राउ गरि राप्ती नगरपालिकालार्इ बुझाएको छ । प्रहरीले खोलाबाट अवैघ रुपमा गिट्टी वालुवा उत्खनन गर्ने सवारी साधनलाई भण्डारा प्रहरी को कमाण्डमा समातेको हो ।

यसैविच नगरपालिकाले प्रति टयाक्टर ७ हजार जरिवाना गराएर ति टयाक्टरलाई एक पटकको लागि चेतावनी दिदै छोडिएको नगरपालिकका प्रमुख प्रशासकीय अधिकत मिठाराम हुमागाइले जानाकारी दिए।