घुससहित महानगरका अधिकृतसहित तीनजना पक्राउ

वीरगञ्ज ,४ असोज । एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् ।अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र अन्य दुईजनालाई महानगरपालिकाको कार्यलयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।स्थलगत मुचुल्का पछि अख्तियारको कार्यालय हेटौंडा हुँदै उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइने छ ।फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको स्रोतले जनाएको छ ।