विद्यालय सन्चालकको गोली हानी हत्या, गृहमन्त्री घटनास्थल आउनु पर्ने माग राख्दै शव उठाउन दिइएन

कृष्ण भट्टराई
सुनसरी, ४ असोज । सुनसरीको हरिनगरा गाउँपालिका वडानंं २ स्थित रामनगरभुटाहा बजारमा अज्ञात समूहले गोली प्रहार गरि एक विद्यालय सन्चालकको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विहान करिव पौने १२ वजेको समयमा करिव ५० वर्षीय मोहम्द खुर्सीद आलमको भारतीय नंवर प्लेटका दुइओटा मोटरसाइकलमा आएका ४ जनाको समूहले अन्धाधुन्द गोली प्रहार गरि हत्या गरेका हुन ।
आँफुले सन्चालन गरेको स्थानीय रैयान नेशनल स्कूलबाट आप्mना बहिनी ज्वाइँले चलाएको मोटरसाइकलको पछाडी वसेर घरतर्फ जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । टाउँको कन्चट र कोखमा चारओटा गोली लागेका आलमको घट्नास्थलमै मृत्यु भएको थियो ।
आक्रमण गर्ने व्यक्तिहरु घुस्की प्रहरीचौकीको बाटो हुँदै भारत तर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । आक्रमणकारीहरुलाई पक्रन खोज्दा घुस्की प्रहरी चौकीका प्रहरी जवान शिवलाल पौडेल घाइते भएकाछन् । उनको तिघ्रा र कम्मरमा गोली लागेको छ । हाल वीपी प्रतिष्ठान धरानमा उपचार गराइ रहेका प्रहरी जवान पौडेल खतरामुक्त रहेको बताइएको छ ।
आलमको हत्या कसले किन गर्यो भन्ने खुल्न सकेको छैन । आक्रमणपछि नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा कडा पार्नुका साथै भारतीय प्रहरीको समेत सहयोग लिएर अपराधीहरुको खोजतलास भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनु भएको छ ।
तर हत्यारा पक्राउ गर्न प्रहरीले लार्पवाही गरेको भन्दै स्थानीयले प्रहरीलाई शव उठाउन दिएका छैनन् । उनीहरुले घट्नास्थलमै शव राखेर टायर वालेर आन्दोलन गरिरहेका छन् । गृहमन्त्री घट्नास्थलमा आएर सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनीहरुको माग छ ।
दिनदहाडै गोली हानेर हत्या गर्ने अपराधीहरु १० किलोमीटर पश्चिममा रहेको घुस्की प्रहरी चौकी अगाडीको नाकाबाट भारततर्फ भागेको,घट्ना हुनासाथ अपराधीहरु त्यतैबाट भाग्दैछन् पक्राउ गरि दिनुभनेर अनुरोध गर्दा घुस्की चौकीका प्रहरीले चासो नराखी भाग्न दिएको स्थानीयको आरोप छ ।
घटनास्थलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी उपरिक्षक राजन अधिकारीले हत्याराको खोजी तदारुकताका साथ गरिरहेको र पक्राउ गरि कार्वाही गरेरै छोड्ने आश्सन निुभएपनि स्थानीयहरुले अहिलेसम्म शव उठाउन दिएका छैनन् ।