बीबीएमा फरकपहिचान दिदै भ्याली स्टेट कलेज

चितवन, ११ असोज । भरतपुर ९ वसन्तचोकमा रहेको भ्याली स्टेट कलेज बीबीए (व्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेसन) पढाइको लागि नमुना बन्दै गएको छ ।
व्यावहारिक ज्ञान दिइने हुनाले भ्याली स्टेट कलेज बीबीएमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । ८ सेमेस्टर पढाइ हुने बीबीएमा सैद्धान्तिक ज्ञानसँगै व्यवस्थापनका मुद्दामा सामूहिक छलफल, प्रतिष्ठित संस्थामा इन्टनर्सिप, प्रोजेक्टवर्कसमेत गराइन्छ । पोखरा विश्व विद्यालयबाट मान्यता प्राप्त यस कलेजमा बीबीए पढ्नका लागि विद्यार्थीहरु थप आकर्षित भइरहका कलेजकी प्रिन्सिपल जमुना श्रेष्ठले जानकारी दिइन् ।


भ्याली स्टेट कलेजले सैद्धान्तिक ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानमा जोड दिएको छ । बिजेनस ओरेन्टेट भएर शिक्षा दिइरहेको प्रिन्सिपल श्रेष्ठले बताइन् । भरतपुर ९ वसन्तचोकमा यो कलेज स्थापना भएको ६ वर्ष भएको छ । बीबीएको एक व्याज यस कलेजले उतारेको छ । प्रिन्सिपल श्रेष्ठको अनुसार विद्यार्थीहरुलाई क्रियटीभ बनाउनको लागि कलेजले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । अतिरिक्त क्रियाकलापमा यस कलेजले प्राथमिकता दिएको छ ।
यस कलेजका विद्यार्थीहरु अन्य कलेजहरुमा भएका प्रतियोगिताहरुमा कुनै न कुनै पुरस्कार जितेर आएका छन् । ‘हामी सानो विजनेस कसरी गर्न सकिन्छ, त्यो विजनेसलाई कसरी ठूलो बनाउन सकिन्छ, आफूले जागिर खोज्नेभन्दा पनि अरुलाई जागिर दिने खालको विद्यार्थी उत्पादन गर्न हामी लागेका छौँ’ प्रिन्सिपल श्रेष्ठले भनिन् । उनका अनुसार व्यवस्थापकीय जनशक्ति तयार गर्न हामी लागिरहेका छौँ ।
अमेरिकी शिक्षा प्रणालीलाई पछयाउँदै नेपालमा बीबीएलाई ६ महिनाको एक सेमेस्टर गरेर ४ वर्ष पढाउने गरिन्छ । बीबीएको पढाइ निकै व्यवस्थित छ । हरेक कलेजले एक सेमेस्टरमा कोटाअनुसार मात्र भर्ना लिन पाउँछन् ।

प्रवेश परीक्षा उत्तीर्ण गर्नैपर्छ । हरेक सेमेस्टरको अन्त्यमा परीक्षा लिइन्छ । परीक्षा र त्यसको नतिजा तोकिएकै समयमा हुने भएकाले विद्यार्थीले अरू विषयमा जस्तो लामो समय पर्खनुपर्दैन ।
भ्याली स्टेट कलेजले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानमा जोड दिएको छ । ‘क्रेज वन विजनेस भन्ने भिजनमा हामीले विद्यार्थीहरुलाई लगिरहेका छौँ, यहाँ पढेका विद्यार्थीहरु विजनेस ओरेन्टेट भएका छन्, हामी त्यो लक्ष्यमा लागेका छौँ । सफल पनि भएका छौँ’ प्रिन्सिपल जमुना श्रेष्ठले भनिन् ।
यस कलेजले दुई वटा सेक्सनको स्वीकृति लिएको छ । ८६ जना विद्यार्थी भर्ना गर्न पाउने अधिकार कलेजले लिएको छ । ‘मार्केटमा गएर कसरी अगाडि बढ्ने, मार्केटका च्यालेन्जहरु केके छन् त्यो कुरा विद्यार्थीहरुलाई सिकाइरहेका छौँ’ प्रिन्सिपल श्रेष्ठले भनिन्, ‘हामीले ६ व्याजको इनटेक गर्न लागेका छौँ ।’
बजारको माग र विद्यार्थीको रोजाइका कारण धेरै कलेजले बीबीएमा विभिन्न सेमेस्टर अनुसार विषयहरू राखिएका छन् । बैंक, बिमा, फाइनान्स तथा अन्य वित्तीय संस्थासहित कर्पोरेट हासउमा समेत बीबीए पढेका विद्यार्थीको माग बढी रहेको छ । बीबीए अध्ययन गरेका अधिकांक्ष विद्यार्थी स्वदेश तथा विदेशमा उच्च शिक्षामा अध्ययन गरिरहेका विद्यार्थीहरूको संख्या अत्यन्त ठूलो छ ।
‘कसरी बोल्ने, अन्तर्वाता कसरी फेस गर्ने भनेर हामीले हाम्रा विद्यार्थीलाई सिकाएका छौँ, जुन प्रतियोगितामा गए पनि हाम्रा विद्यार्थीहरुले जितेर आउनुभएको छ, कुनै विद्यार्थीहरुले वेष्ट प्रिजेन्टरको अवार्ड जित्नुभएको छ कसैले युनिभर्सिटि टप गर्नुभएको छ’ उनले भनिन् ।
‘हामी हाम्रा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथ–साथै ब्यवहारीक ज्ञान (सिप) पनि सिकाउने गर्दछौं’ उनले भनिन् ‘साथै उनीहरूको समग्र व्यक्तित्व विकासका लागि तालिमहरू, एडभान्स ट्रान्सफरमेसन प्रोग्राम गु्रप डिस्करसन, सेमिनार, वर्कसप, फिल्ड भिजिट, ईण्डष्ट्रीयल भिजिट, प्रोजेक्ट वर्क, नेपाल तथा अन्तर्राट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूसँग अन्तरक्रियाका कार्यक्रम गरेका छौँ ।’ उनले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरुलाई केही छात्रवृत्तिको अवसर पनि दिइएको बताइन् ।
उनका अनुसार राज्यले विद्यार्थीहरुलाई आफ्नै देशमा बस्न सक्ने वातावरण बनाउनुपर्छ । शिक्षा क्षेत्रमा सरकारले कस्तो विद्यार्थी बाहिर जानुपर्छ, कस्तो जानुहुँदैन त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उच्च शिक्षा लिएर विद्यार्थीहरुलाई फर्कने वातावरण बनाउनुपर्छ । आफ्नै देशमा बसेर केही गर्ने अवसर दिनुपर्छ । हाम्रो देशमा पनि राम्रो शिक्षा छ, यहीँ पढे पनि हुन्छ भन्ने वातावरण सरकारले बनाउनुपर्छ ।