यौनइच्छा पूरा गरेर मात्र हुँदैन

– डा.करुणा कुँवर, मनोविद् 

वैशाखदेखि भदौसम्ममा ९ सय बलात्कार र पाँच सय ३६ जबर्जस्ती करणीका घटना भएको प्रहरी तथ्यांक छ । यो तथ्यले भन्छ, समाजमा यौनजन्य अपराधको दर बढेको छ । कञ्चनपुरमा बलात्कारपछि मारिएकी निर्मला पन्तको प्रकरणले उसै पनि देश तातिरहेको बेला छ । त्यसयता पनि देशका विभिन्न भागमा बालिकाहरुमाथि त्यस्ता घटना भए । एसिड प्रहार पनि भइरहेका छन् । यी घटनापछि विश्लेषण गर्न थालिएको छ कि, नेपाली समाजभित्र विकास भएको मनोविज्ञान कस्तो हो ? यस्ता घटना बढ्दै जाने क्रमले समाज कहाँ पुग्छ ? करुणा कुँवर समाजमा बढ्दो यौन घटनालाई सूक्ष्म तवरले विश्लेषण गर्ने मनोविद् तथा मनोपरामर्शदाता हुन् । उनी व्यक्तिमा उत्पन्न हुने विविध प्रकारका मानसिक पक्षलाई मनोपरामर्श (काउन्सिलिङ) का माध्यमबाट उपचार गराउने गर्दछिन् ।

० नेपाली समाजमा विकृत यौन मनोविज्ञानको विकास भएको भन्न सकिन्छ ?
– आफू पनि यौन हिंसामा परेको छ भने त्यसको बदला लिन पनि यस्तै बाटो अपनाइन्छ । केही समयअघिको एक रिपोर्टले देखायो, बोर लागिरहेको बेला युवायुवतीले यौन क्रियाकलाप (सेक्स्युल एक्टिभिटी) गर्ने गरेको, तर त्यो रेप केस हैन । बलात्कार (रेप) का विभिन्न मनोवैज्ञानिक कारण हुन्छन् । मानसिक रुपमा विचलित हुँदा यौन हिंसाका स्वरुप बढेको देखिन्छ । सद्दे मानिसले यस्ताखालका गतिविधि गर्न÷सोच्न सक्दैनन् । लामो समयसम्म मुलुक द्वन्द्वमा रुमल्लिँदा, कतिपय छोराछोरीका अभिभावक विदेशिएको बेला, अत्यधिक बसाई–सराई, कसैको बुबा आमा नै नहुनु र सानो उमेरमा सामाजिक सञ्जाल प्रयोगले पनि मनोविज्ञानमा धेरै असर पर्न गई यौन हिंसा निम्तिएको देखिन्छ । पाँचदेखि सात वर्षको उमेरसम्ममा कुनै एक बच्चाको मस्तिष्कको विकास भइसक्नुपर्छ (५ वर्षसम्म ८० प्रतिशत ब्रेन विकास हुन्छ ) । र, त्यो अवधिभर उसको मस्तिष्कलाई असर पार्ने विद्युतीय सामग्रीको प्रयोगमा रोकावट गर्न कडाइ गर्नुपर्दछ ।
० तर, किन रोकावट गरिँदैन ?

– अहिलेको स्थिति ठीक विपरीत छ । कुनै एकल परिवारभित्र पनि श्रीमान् श्रीमतीले फेस टु फेस कुरा गर्न सक्दैनन् । जबकि उनीहरुको ध्यान मोबाइलमै जान्छ । बालबच्चालाई ध्यान दिने कुरा त परको भयो । बरु, बालबच्चालाई नयाँ–नयाँ ग्याजेटहरु दिने र त्यसमा अभ्यस्त बनाउने काम भएका छन् ।
० यस्तो समस्या बढीजसो एसियाली राष्ट्रमा हुने तथ्यांक छ नि †
– कारण हो, महिलाप्रति सम्मान हुँदाहुँदै पनि सम्मान गरिएको अवस्था छैन । बदला जोसँग लिनुपर्ने हो उहीसँग नभई विपरीत व्यक्तिसँग पनि हुन गएको देखिन्छ ।
० यौन हिंसाको स्रोत केलाई मान्न सकिन्छ ?

– जे कुरा लुकाइन्छ, त्यसप्रति कौतुहलता बढ्ने हो । त्यसले प्रकारान्तरमा विकृत रुप लियो भने बल्ल सचेत हुने प्रबृत्ति छ । बालबालिकालाई यौन हिंसाबाट कसरी बच्न सकिन्छ भन्ने पाठ सिकाउनु जरुरी छ । तर, हामीले यौन शिक्षा नै समयमा दिन सकेनौं ।
० नववयस्क नेपाली यौनमा उदार बनिरहेका छन् । यसले विकृत समाज निर्माण हुने खतरा कत्तिको देख्नुहुन्छ ?

– उदार हुँदैमा विकृति ल्याउँछ भन्ने होइन । विकसित देशहरुमा छोटा लुगा लगाउँछन् । मुख्य कुरा त सही शिक्षा, सही जानकारी दिनु हो नि † प्रकृतिले दिएको कुरालाई सामाजिक रुपमा खुला गर्दैमा विकृत नहुने भन्ने होइन । त्यो समयमा चरम उत्सुकता उत्पन्न भएको हुनसक्छ । जस्तै, रिस, आवेग, माया अनि घृणा । जसका कारण बालबालिकाहरु माइग्रेसनको रोगी बन्छन् । यी सबै कुरा बेलैमा थाहा भएको खण्डमा सही उपचार हुनसक्छ । परामर्श र औषधोपचारका पाटोहरु पनि सजिलै सल्टाउन सकिन्छ । भोलिका बालबालिका सुरक्षित गर्ने हो भने आजैदेखि बाल मनोविज्ञान बुझ्न जरुरी छ ।
० यौन व्यापार पनि बढेको छ । सरकारले यौन व्यापारलाई बैधानिकता दिनुपर्ने र नपर्ने बहस चल्न थालेको छ । तपाईं केको पक्षमा हुनुहुन्छ ?

– श्रीमान्–श्रीमतीबीच असन्तुष्टि पैदा हुँदाको अवस्थामा बग्रेल्ती डरलाग्दा घटना सुनेका छौँ । केही समयअघि बच्ची बलात्कार गर्ने अपराधीलाई ६ वर्षको जेल सजायँमात्र भयो । सजायँ भुक्तान गरेपछि यौनकर्मीकहाँ पुगेछ । एक हप्तासम्म लगातार गएछ । त्यहाँ यौनकर्मीकी ४ वर्षकी छोरी थिई । बिचरी ती अबोध बालिकालाई के थाहा त्यो पुरुषबारे ! उसले ‘अंकल–अंकल’ भन्थी रे ! एक हप्ताबीच ती बच्ची अपहरणमा परिन् । सिनामंगलको एयरपोर्टपछाडि लगेर राति बलात्कार गरियो र मरी भनेर छाडियो । आपराधिक मानसिकता भएको व्यक्तिले शारीरिक रुपमा परिपक्व भएको कसैलाई बलात्कार गर्न नपुगेर÷नसकेर किन बालिका नै रोज्यो ? प्रश्न गम्भीर छ । सरकारले यसलाई वैधानिकता प्रदान गर्न सक्यो भने कुनै यौनकर्मी महिलाले म ‘यही हुँ, म कारबाहीमा पर्न सक्दिनँ’ भन्नेबाहेकका कुनै नियम÷कानून बनेको देखिँदैन । यौनलाई व्यवसाय बनाउँदा पक्राउ परिँदैन भन्नेमात्र हो । यौन व्यापारलाई वैधानिकता दिएपछि यौन हिंसा घट्छ भन्नेचाहिँ कुनै आधार देखिँदैन ।
० परम्परागत सामाजिक मान्यताका आधारमा महिलालाई यौन दासी बनाउने चलन अझै हटेको छैन । हामी आधुनिकताको कुरा गरेर थाकेका छैनौँ र समाधानको खोजी गरिरहेको भन्छौँ । तपाईं सामाजिक मान्यतामा कति समस्या देख्नुहुन्छ ?

– केही समयअघि विदेशबाट फर्किएपछि दाङका एक पुरुषले आफ्नी श्रीमतीसँग लसपस गरेको आरोप लगाउँदै हत्या गरे । समाजका कुनै व्यक्तिले ‘विदेशमा रहेको श्रीमान्ले श्रीमतीलाई पठाएको पैसा मोजमस्तीमा उडाएको’ भने, त कसैले ‘उनीहरु साथीजस्ता थिए’ भने । जबकि हत्या गर्ने श्रीमान्का घर परिवार र आफन्तलाई त यो विषयमा पक्कै थाहा थियो होला । यस्तो अवस्थामा उसको शारीरिक र मानसिक दुवै उपचार गर्न सम्भव थियो । यहीँ उपचारको अभावले अर्काे एक जनाले ज्यान गुमाउनुप¥यो । हामीमाझ महिला होस् कि पुरुष खाली सामाजिक कुरा मात्र गरिन्छन् । कहिल्यै मानसिक कुरा गरिँदैन । र, दिनप्रतिदिन यस्ता घटना घटिरहन्छन् । घटनापछि प्रहरीले ¥याख¥याख्ती त पार्छ तर, त्यो सुरक्षाले कुनै सचेतना फैलाउन सकेको छैन । मुलुक आधुनिकतातर्फ उन्मुख भएसँगै मानसिक रोगीहरुको संख्या बढेको छ, आत्महत्याका घटना बढिरहेका छन् ।
० यस्ताखालका घटना हुनुमा सामाजिक संयन्त्रमात्र दोषी छ कि व्यक्तिको मनोविज्ञान पनि ?

– समाजमा त्यस्ता त्रुटीहरु भएका थिए र तिनलाई मिलाउँदै जान जरुरी छ भन्न खोजिएको हो । मनोविज्ञान सामाजिक रुपले मात्र उत्पन्न हुने होइनन् ।
कुनै अभिभावकले छोराछोरीको मनोवैज्ञानिक शिक्षा जाँचेका छौँ ?
० नयाँ कानुनअनुसार महिलाले वैवाहिक बलात्कार, अर्थात् पतिबाट पनि बलात्कृत नहुने कुराको सुनिश्चितता पाएका छन् । अर्कातिर, सम्बन्ध बिच्छेदमा पुरुषको पनि अधिकार स्थापित भएको छ । यो परस्पर विरोधी विषय भएन र ?

– अधिकार पुरुषले पाउनुपर्छ र महिलाले पनि । यद्यपि, विशेष निर्णयलाई कसरी संबोधन गरिन्छ ? कानुनमा खटपट उत्पन्न भई सम्बन्धविच्छेद गर्न चाहेको अवस्थामा पुरुषले केही समय कुर्नुपर्ने र तुरुन्तै गर्न नपाइने भनिएको थियो । पुरुष होस् या महिला दुबैलाई उत्तिकै सम्बन्धविच्छेद गर्न सजिलो हुँदैन÷छैन । अहिले पुरुषले पनि सम्बन्धविच्छेद गर्न चाहेको अवस्थामा कानुनले फुक्काफाल नै बनाएको छ । समानताको हकमा यो सामान्य कुरा हो ।
० तपाईंले हेरेका केसमध्ये बिर्सनै नसक्ने अनौठो घटना के छ ?

– भर्खंरै ५३ वर्षीया महिलाको केस हेरें । अन्तरजातीय विवाह भएको २५ वर्ष भयो । छोरीको विवाह भई बेलायतमा बस्दै आएकी थिइन् । यता, आमाले दैनिक दर्दनाक पीडा खेपिरहेकी थिइन् । जुन कुरा उनले आफ्नो छोरीलाई भन्न सकिरहेकी थिइनन् । पतिले हरेक दिन पाँचपटक भन्दा बढी शारीरिक सम्बन्ध राख्न खोज्दा विक्षिप्त पीडामा थिइन् । निकै समयपछि छोरीसँग आफ्नो कुरा खुलेर गरिन् । र, एक दिन श्रीमान्को दैनिक पीडा सहन नसकेर माइत गइन् । तर, यता श्रीमानले अर्काे केटी ल्याए । त्यसपछि यो केस मसँग आइपुग्यो । उनीहरु दुवै श्रीमान्, श्रीमती आएका थिए । उनले ‘मेरो यो धेरैदेखिको रोग होला । कहिल्यै खुलेर कुरा गर्न सकिनँ । आज छोरीको आग्रहमा हजुरकहाँ आएकी हुँ’ भन्दै दुबैलाई उपचार दिलाइदिन आग्रह गरे । जबकि उनीहरु हजुरबा र हजुरआमा भइसकेका थिए । तर पनि, महिला (श्रीमती) ले चरम पीडामा जीवन गुजारिरहेकी थिइन् । र, मैले मनोवैज्ञानिक सल्लाह र सुझाव दिएर पठाइदिएकी छु ।
० यो त वैवाहिक सम्बन्धको घटना भयो । यौन हिंसाबारे के अनुभव छ ?

– सिन्धुलीमा चार वर्षकी छोरीलाई आफ्नै बुबाले योनी विक्षिप्त हुने गरी रगताम्य पारेर बलात्कार गरे । बुबाको स्थायी घर सप्तरी । सप्तरीबाट लखेटिएर आएपछि सिन्धुलीमा ज्यालादारी काम गर्थे । आमा कान नसुन्ने (बहिरी) भएकाले बच्चीले बुबाले आफूमाथि गरेको अपराध सुनाउन सकिरहेकी थिइनन् । तर, पछि इशारा गरेर सुनाइन् । बलात्कारी बुबाले १५ वर्षअघि सप्तरीमा छोरीलाई गर्भ बोकाएपछि त्यहाँको समाजले निकाला गरेको रहेछ । त्यतिबेलै उनलाई कैद गरिएको भए आज ती बच्ची बच्ने थिइन् । यो घटना सुन्दै आङ सिरिङ्ग हुन्छ । एक पटक सोच्नुस् त, ती बच्चीको मनोविज्ञानमा कति असर प¥यो होला । अहिले उनीमाथि जाइलाग्ने आफ्नै बुबालाई थुनामा राख्न सफल भएका छौँ ।