आत्रेय गोत्रिय दुवाडी सेवा समाज चितवनद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आत्रेय गोत्रिय दुवाडी सेवा समाज चितवनले आज रत्ननगरमा रहेको होटल स्टार वेन्क्यूटमा दशैं,तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आत्रेय गोत्रिय दुवाडी सेवा समाजका केन्द्रिय उपाध्यक्ष प्रेमनाथ दुवाडीको प्रमुख आतिथ्यतामा भएको सो शुभकामना आदानप्रदान कार्यक्रममा , केन्द्रिय सचिव पण्डित कृष्णप्रसाद दुवाडी, केन्द्रिय कोषध्यक्ष भेषराज दुवाडी, जिल्ला कार्य समिति चितवनका उपाध्यक्ष मुरलीधर दुवाडी,जिल्ला कार्य समिति गोरखा सदस्य कृष्णप्रसाद दुवाडी, मातृशक्ति जिल्ला कार्य समिति चितवनका सह सचिव प्रमिला दुवाडीले लगायतले मन्तव्य राख्नुभएको थियो ।
जिल्ला कार्य समिति सचिव रामचन्द्र दुवाडी र सह सचिव बुद्धिप्रसाद दुवाडीले सन्चालन गर्नुभएको कार्यक्रम आत्रेय गोत्रिय दुवाडी सेवा समाज जिल्ला कार्य समिति चितवनका अध्यक्ष तोयानाथ दुवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.