गाडी भाडादर ६ सय, असुल्ने हजार

सिन्धुली,३० असोज । दशैँमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

काठमाडौँबा सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् ।मनपरी भाडा उठाउँदा प्रहरी प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ ।

सिन्धुली आउने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् ।अरु बेला यो रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका छन् ।

व्यवसायीले अग्रीम टिकट बुकिङसमेत गरेका छैनन् ।