कविता : भो ! दशैको दिन

मुछेर दहिमा अछेता

उमारेर समयको जमरा
बाध्यताको घाम पानी
सहेर फुलेको सयपत्री
मखमली, गोदावरी फूल
बालेर आशाको दियो
आउ बसौं! एकैछिन
दशै मनाऔं ।

भो! दशैको दिन
नसम्झौ एकैछिन
बेपत्ता पारिएका
माइला दाइलाई
शहिदको  नाममा
झुन्ड्याइएको उनको
तस्बिर ।

भो नसम्झौ
दशैको दिन
अरबको तातो घॉममा
पसिना पुछिरहने
ठुल्दाइलाई
हो! आज दशैको दिन
नसम्झौ बितेका
कालो दिनहरुलाई
आउ सबै मिलेर
सबै कुरा भुलेर
एकैछिन दशै मनाऔं ।।

गौतम सागर राइ (कोलोराडो, अमेरिका)