विशाल पौडेल को ‘राष्ट्र प्रेम’ सार्वजनिक (फोटो फिचर)

नवलपुर,१० कार्तिक । गैंडाकोट नगरपालिका वडा न.१७ अमरापुरी, नवलपुर स्थित होटल सेन्टर पोइन्टमा राष्ट्रिय भावनाले ओतप्रोत स्वदेश गान‘राष्ट्र प्रेमू’को अडियो तथा भिडियोको विमोचन आज एक समारोहको बीच सम्पन्न भएको छ।
ओशियन इन्टरनेशनल म्युजिक एण्ड मुभिजको ब्यानरमा निर्मित सो स्वदेश गानको विमोचन समारोहमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्रकर्मी रिद्दि चरण श्रेष्ठ प्रमुख अतिथी रहनु भएको सो विमोचन समारोहमा विशिष्ट अतिथी गायक भुवन प्यासी , सङीतकार विशाल ढकाल रहनु भएको थियो।


विशाल पौडेल को शब्द अनि सङीत, आशिष अविरल को सङीत संयोजन तथा विशाल पौडेल, केशव आचार्य , विवेक पाण्डे , काव्या आचार्य , गीता शाही , कल्पना सापकोटा को स्वर रहेको छ। प्रवीण भण्डारी को निर्देशन , नारायणप्रसाद आचार्य को छायांकन , टेकेन्द्र शाह को सम्पादन रहेको सो गीत को म्युजिक भिडियो मा विभिन्न क्षेत्रका चर्चित अनुहार हरुको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published.