हर्नरीमा सामुदायिक पुस्तकालयको समुद्घाटन

चितवन कात्तिक ११ । खैरहनी नगरपालिका १३ हर्नरी स्थित रत्नमान टेकवहादुर दिव्यज्योती सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको समुद्घाटन गरिएको छ ।
खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको हो ।
करिव ३८ लाखको लागतमा निर्माण गरिएको सो भवन समुद्घाटनको अवसरमा वोल्दै मेयर चौधरीले शिक्षा विना जीवन संभव नरहने वताउनुभयो।
कोरिया स्थित वियुटीफुल स्टोर फाउण्डेसनको २७ लाख रिड नेपाल लगायत अन्य संघसंस्थाको सहयोगमा भवन निर्माण गरिएको हो ।

रत्नमान टेकबहादुर दिव्यज्योती सामुदायिक पुस्तकालय खैरहनीका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा रिडका संस्थापक अध्यक्ष डा एन्टोनिया न्यूवावर,ब्यूटिफुलस्टोर फाउण्डेसन दक्षिण कोरियाका महाप्रबन्धक जीयोङग सान जून विशिष्ठ अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय र्सघका पूर्व अध्यक्ष रिड नेपालका सल्लाहाकार सदस्य तथा झुवानी सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष बासुदेव ढुङगाना ,नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष रिड नेपालका बोर्ड सदस्य तथा झुवानीका सामुदायिक पुस्तकालयका अढध्यूक्ष केशवराज आचार्य,रिड नेपालका कार्यकारी निर्देशक पुष्पा भडेल लगायतको सहभागिता रहेको थियो ।
वि.सं २०६८ सालमा स्थापित सो पुस्तकालयले बालबालिका, किशोर कीशोरी तथा सामाजिक उत्तरदायित्व अन्र्तरगत रहेर पुस्तकालयले पठनपाठनसंगै कृषकका लागि विभिन्न तालिम,विद्यार्थीका लागि कम्युटर तालिम लगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ ।

पुस्तकालयका सचिव गोविन्द दुवाडीले भवन निर्माणमा भएको आम्दानी खर्चका बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो ।