माधवपुरमा महायज्ञ सुरु, शैक्षिक गुणस्तर वृद्धि गर्न महायज्ञ लगाउनु उदारहणीय : सासंद खनाल (भिडियो)

चितवन, १४ कात्तिक । रत्ननगर–१५ माधवपुरमा बुधवारदेखि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव सुरु भएको छ । सो वडामा रहेको आधारभूत विद्यालय माधवपुर (१–८) हरियालीटोलमा मावि कक्षा र व्यवसायिक तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न आयोजित महायज्ञको प्रदेश सभा साँसद कन्चन खनालले उद्घाटन गरेकी थिइन ।

https://youtu.be/Rt-KUs9zlZo

https://youtu.be/Rt-KUs9zlZo

https://youtu.be/Rt-KUs9zlZo

https://youtu.be/Rt-KUs9zlZo

सो अबसरमा उनले समुदायको लगानीमा विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार निर्माणको लागि महायज्ञ लगाउनु उदारहणीय काम भएको बताइन ।
राज्यको मात्र मुख ताक्दा अपेक्षाकृत लक्ष्य हासिन गर्न समय लाग्ने भन्दै उनले समुदायको सक्रियतामा विद्यालय बनाउन खोज्नु सकारात्मक कदम भएको बताइन ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले नगरपालिकाले लिएको लक्ष्य अनुसार नै आधारभूत विद्यालय माधवपुरले व्यवसायिक तथा प्राविधिक कक्षा सञ्चालन गर्ने योजना बनाएको भन्दै नगरपालिका सहयोग गर्न तयार रहेको बताइन । 

महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नेछन् ।  विद्यालयको माध्यमिक तहको स्तर उन्नती, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न २० लाख खर्च लाग्ने र २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । 

महायज्ञमा दैनिक श्रीमदभागवत कथा,एक हजार ८ शालिग्रामको विशेष पुजा आरधाना तथा धार्मिक प्रबचन हुने विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए । मुल समारोह समितिका अध्यक्ष रमेश प्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, वडा अध्यक्ष हुमनाथ लामिछाने, नेकपाका केन्द्रीय सदस्य इश्वरी भट्टराई, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,  महिला नेतृ संगिता  भट्टराई,  अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र भट्ट लगायतले मन्तव्य राखेका थिए । २० गते सम्म चल्ने महायज्ञ उद्घाटन हुनुपूर्व विहान हात्ती सहितको शोभायात्रा निकालिएको थियो ।

महायज्ञको पहिलो दिन २० लाख संकलन
माज्ञवपुरमा आयोजना गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिनमै २० लाख रुपैया भन्दा बढि संकलन भएको छ । आधारभूत विद्यालय माधवपुर (१–८) हरियालीटोलको शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षा सञ्चालनको लागि आयोजित महायज्ञको पहिलो दिन १८ लाख रुपैया बरावरको जग्गा तथा अन्य नगद संकलन भएको विद्यालयको प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए । 

स्थानीय यमबहादुर गुरुङ र उनकी धर्मपत्नी जामाश्री गुरुङले १८ लाख मुल्य बराबरको १० धुर जग्गा दान गरेका हुन । त्यसैगरी शारदा प्रसाद थपलियाले १ लाख १ हजार ५१ रुपैया र विद्यालयका पूर्व विद्यार्थी हाल हङकङमा व्यवसाय सञ्चालन गर्दै आएका आकाश बन्जराले गरिब तथा जेहेन्दार विद्यार्थी अक्षयकोषका लागि १ लाख ११ हजार १५१ रुपैया तथा स्थानीय ९१ बर्षिय खड्क बहादुर नगरकाटी र उनकी धर्मपत्नी कमलादेबी नगरकोटीले ५१ हजार रुपैया दान गरेको प्रचारप्रसार उपसमितिका संयोजक विजय खनालले जानकारी दिए ।