यस्तो बन्ने छ भरतपुरको गणेस्थान ! हेरौँ थ्रिडि डिजाईन

चितवन,१४  कात्तिक । चितवनको भरतपुर महानगर भित्र पर्ने ऐतिहासिक महत्व बोकेको गणेशस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्न विशेष गुरुयोजना बनेको छ ।
भरतपुर ११ मा पर्ने यस क्षेत्रलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न गणेशस्थान मन्दिर क्षेत्र संरक्षण संम्बद्र्धन समितिले निर्माण गरेको गुरु योजना महानगरपालिकामा बुझाइएको थियो ।

२ दशमलव ४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिर क्षेत्रमा समितिले ३ बर्ष गुरुयोजना बनाई भरपुर महानगर पालिकाकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको थियो ।

गुरुयोजना अन्तर्गत काम गर्न मन्दिर  परिसरमा २०७५ मंसि २२ गते देखि  २९ गते सम्म वृहत् धन धान्याञ्चल तथा आध्यात्मिक महोत्सव हुने मन्दिर क्षेत्र संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष दिनेश चुकेले जानकारी दिनुभयो ।


३ बर्ष भित्र  एकिकृत रुपमा ऐतिहासिक महत्वलाई कायम राख्दै जिर्णोद्वार देखि मनोरम पर्यटकीय स्थल बनाउने लगायतका विषयहरु समेटिएको अध्यक्ष चुकेले बताउनुभयो ।
जस अनुसार भरतपुरको गेणस्थानको    थ्रिडि डिजाईन तयार पारिएको छ ।